नाैलाेप्रेस डेस्क

822 Posts
सुदूरपश्चिमका उच्च पहाडमै पाइन थाले डेङ्गुका बिरामी

सुदूरपश्चिमका उच्च पहाडमै पाइन थाले डेङ्गुका बिरामी

कञ्चनपुर । सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका एक सय ७९ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेङ्गुका बिरामी देखापरेको छ । यसैगरी डोटीमा १५, कैलालीमा ५४ र कञ्चनपुरमा ३४ जनामा डेङ्गु देखापरेको छ । “पहाडी क्षेत्रमा पहिला डेङ्गु, मलेरियालगायतका…
पुरा पढ्नुहाेस्
नेपालले श्रीलंकालाई ६–० गोलले हराउँदै साफ महिला च्याम्पियनसिप प्रवेश

नेपालले श्रीलंकालाई ६–० गोलले हराउँदै साफ महिला च्याम्पियनसिप प्रवेश

२७, भाद्र २०७९ काठमाडौं । नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिसा कार्कीले दुई गोल गरिन् । त्यस्तै रश्मी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाही एक÷एक गोल गरिन् । खेलको १०औं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । उनले हिरा कुमारी भुजेलको पासमा गोल गरेकी हुन् । त्यसको एक मिनेटपछि सरुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । उनले पुनम जर्घा मगरको पासमा गोल गरेकी हुन् ।…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा अपाङ्गता समन्वय समितिकाे बैठक सम्पन्न

बर्दगोरियामा अपाङ्गता समन्वय समितिकाे बैठक सम्पन्न

२६, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । बर्दगाेरिया गाउपालिका उपाध्यक्ष एवम् अपाङ्गता समन्वय समितिका संयाेजक गणेश राज गिरीकाे अध्यक्षतामा बैठक सम्पन्न भएको छ । आइतबार अपाङ्गता समन्वय समितिकाे कार्यलयमा भएको बैठकले गाउपालिकाकाे विभिन्न वडा बाट अपाङ्ग परिचयपत्र मागका लागि प्राप्त निबेदन माथि छानबिन गरि अपाङ्गताकाे स्तर अनुसार काे परिचयपत्र दिने निर्णय गरेको महिला तथा बालबिकास साखा प्रमुख पानमति रानाले बताउनुभएको छ । साे अवसरमा बर्दगाेरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुवर लगायतको उपस्थिति रहेको थियो । साे बैठकमा अपाङ्गता परिचयपत्र मागका लागि निबेदन दिएका व्यत्तिहरु स्वयम उपस्थिति भएका थिए । बर्दगाेरिया गाउपालिका स्तरिय अपाङ्गता समन्वय समितिमा बर्दगाेरिया गाउपालिका उपाध्यक्ष गणेश राज गिरी…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा ‘लार्भा खोज र नष्ट गर’ अभियान शुरु

बर्दगोरियामा ‘लार्भा खोज र नष्ट गर’ अभियान शुरु

२६, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकामा लाम्खुट्टेका लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरिएको छ । पालिकामा डेंगुको संक्रमण हुन नदिन बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरेको हो । पालिकाले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न अभियान चलाएको हो । शाखाले पालिकाका ६ वटै वडामा लाम्खुट्टेका 'लार्भा खोज र नष्ट गर’ अभियान संचालन हुने बर्दगोरिया स्वास्थ्य शाखा प्रमुख निर्प बिष्टले जानकारी दिए। उनले भने पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामुलक अभियान अगाडी बढाइएको बताए…
पुरा पढ्नुहाेस्
बर्दगाेरिया ४ मा भुमिहिन सुकुम्बासी र दलितलाई निस्सा वितरण

बर्दगाेरिया ४ मा भुमिहिन सुकुम्बासी र दलितलाई निस्सा वितरण

२६, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । भुमिहिन दलित र सुकुम्बासी लाई स्थायि लालपुर्जा वितरणकाे थालनिकाे रुपमा लिईने निस्सा वितरणको कार्य बर्दगाेरिया गाउपालिकामा जारि रहेको छ । सोही अवसरमा आइतबार वडा नम्बर ४ काे वडा कार्यलयमा भएको एक कार्यक्रमका बिच भुमिहिन दलित र सुकुम्बासी लाई निस्सा बितरण गरिएको छ । साे वडामा समेत बर्दगाेरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुवर, प्रमुख प्रशाशकिय अधिकृत अर्जुन कार्की वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीकाे उपस्थितिमा निस्सा बितरण गरिएको हाे । वडा नम्बर ४ मन निस्सा बितरण कार्य सम्पन्न भए संगै बर्दगाेरिया गाउपालिकामा भुमिहिन दलित र सुकुम्बासी लाई निस्सा बितरणकाे कार्य सम्पन्न भएको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा जग्गाको निस्सा वितरण  कार्य सम्पन्न

बर्दगोरिया-६ मा जग्गाको निस्सा वितरण  कार्य सम्पन्न

२६, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा जग्गाको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग संग भएको सम्झौता बमोजिम गाउँपालिकाले वडा नम्बर ६ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी लाई जग्गाको निस्सा वितरण गरिएको हो । आइतबार आज वडा नम्बर ६ स्थित पृथ्वीपुरमा एक कार्यक्रमका बिच पालिकाको निर्देश अनुसार वडाले वडाक भूमिहीन दलित, भुमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको हो । बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहदुर कुँवरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।  सो क्रममा गाउँपालिकाका अध्यक्ष कुवरले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी जग्गाको निस्सा वितरण  कार्य सम्पन्न

बर्दगोरिया-५ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी जग्गाको निस्सा वितरण  कार्य सम्पन्न

२६, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा जग्गाको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग संग भएको सम्झौता बमोजिम गाउँपालिकाले वडा नम्बर ५ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी लाई जग्गाको निस्सा वितरण गरिएको हो । आइतबार आज वडा नम्बर ५ स्थित कोईलीभुरुवामा एक कार्यक्रमका बिच पालिकाको निर्देश अनुसार वडाले वडाक भूमिहीन दलित, भुमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको हो । कार्यक्रम बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरीको प्रमुख आतिथ्यमा निस्सा वितरण गरिएको हो । निस्सा वितरण गर्दै उपाध्यक्ष गिरीले आफुहरुले निर्वाचनका बेला जनतामाझ गरेको बाचा पूरा हुँदै गएको बताए । आफुहरुले गरेका विभिन्न वाचाहरु…
पुरा पढ्नुहाेस्
आजदेखि सोह्र श्राद्ध विधिवत् रुपमा आरम्भ

आजदेखि सोह्र श्राद्ध विधिवत् रुपमा आरम्भ

२६, भाद्र २०७९ काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ। आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान २:१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ। चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय…
पुरा पढ्नुहाेस्
१ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान खुल्ला, कहिले सम्म दिन पाईने आवेदन ?

१ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान खुल्ला, कहिले सम्म दिन पाईने आवेदन ?

२६ भाद्र २०७९ काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । नेपाल प्रहरीकोे प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । म्यादी प्रहरी छनोटमा स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४…
पुरा पढ्नुहाेस्
आज भाद्र २६ गते, तपाईंको आजको राशिफल

आज भाद्र २६ गते, तपाईंको आजको राशिफल

आज २०७९ भाद्र २६ गते, आईतबार, ११ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष प्रतिपदा तिथि । आजको राशिफल अनसार तपाईंको आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै कुराले मनमा शान्ति छाउनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । डेकोरेसनको लगानीबाट लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन लाभहानी, सुखदुःख मध्यम नै रहनेछ । धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला, साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अधुरा कार्य पूरा हुने…
पुरा पढ्नुहाेस्