बर्दगोरिया-६ मा जग्गाको निस्सा वितरण  कार्य सम्पन्न

२६, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा जग्गाको निस्सा वितरण गरिएको छ ।

राष्ट्रिय भूमि आयोग संग भएको सम्झौता बमोजिम गाउँपालिकाले वडा नम्बर ६ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी लाई जग्गाको निस्सा वितरण गरिएको हो ।

आइतबार आज वडा नम्बर ६ स्थित पृथ्वीपुरमा एक कार्यक्रमका बिच पालिकाको निर्देश अनुसार वडाले वडाक भूमिहीन दलित, भुमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको हो । बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहदुर कुँवरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।  सो क्रममा गाउँपालिकाका अध्यक्ष कुवरले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताए । आफुले निर्वाचनका बेला जनता माझ गरेको वाचा अनुसार स्थानीय नागरिक लाई पहिलो चरणमा जग्गाको निस्सा बितरण कार्य अगाडि बढाएको बताए ।

उनले जग्गा जोत, उपभोग गरिरहेका प्रमाण गाउँपालिकाले दिएको बताए । ‘यो जग्गाको लालपूर्जा होइन’, निस्सा वितरण गर्दै उनले भने । ‘तपाईहरुले कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहनु भएको छ, त्यसको प्रमाण तपाईहरुलाई दिएका हौं ।’ जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा हुने अध्यक्ष कुवरले बताए ।

उनले जग्गा सम्बन्धी सबै विवाद समाधान होस भनेर गाउँपालिकाले निस्सा दिएको बताए ।

यस्तै उनले जोडे लालपुर्जा वितरण कार्यलाई सम्पन्न गर्न सबैले आआफ्नो क्षेत्र बाट सहयोग गरिदिनहुन वडा वासी हरुला अनुरोध गरे । उनले भने- तपाईंले सहयोग गरे चाडै नै जग्गाको पुर्जा वितरण गर्न आफुहरु सफल हुने बताए  । यस्तै कुनै कारण वस यश अघि फारम भर्न छुटेको भए पालिकाले त्यसको व्यवस्थापन गर्ने राष्ट्रिय भुमी आयोगमा निवेदन दिएको र त्यस पछि आयोगको आदेश अनुसार पालिकाले सुचना जारी गर्ने बताए ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिह कार्कीले जसरी अहिले जग्गाको निस्सा वितरण कार्यमा सहयोग गर्नु भयो त्यसरी नै आगामी दिनहरुमा सहयोग गर्नु पर्ने बताए । यदि उक्त बिषयमा कुनै पनि प्रकारको जानकारी लिनु परेमा वा नबुझेको अवस्थामा  वडा कार्यालय वा पालिकामा सम्पर्क गर्न हुन अनुरोध गरे ।

वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष डगौरा थारुले गाउँपालिकाले अगाडि बढाएको यस कार्यलाई स्वागत गर्दै । दोस्रो चरणमा रहेको लालपुर्जा वितरण कार्यमा सबैले आआफ्नो क्षेत्र बाट गर्न सकिने सहयोग गर्न अनुरोध गरे । यदि कुनै कारण बस उक्त निस्सा वितरणकार्यलाई लिएर बिवादित हुने अवस्था आएमा वडामा सम्पर्क गर्न समेत अनुरोध गरे । सकेसम्म विवादित हुने कुनै पनि कार्य नगर्नु होला यदि विवादको अवस्था सृजना हुन आएमा त्यसको समाधानको लागि वडाले एक समिति गठन गरेको र उक्त समितिले विवाद मिलाउन सहयोग गर्ने बताए ।

कार्यक्रमको सञ्चालन वडा नम्बर ६ का वडा सचीव लायकराम चौधरीले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार