नेपालले श्रीलंकालाई ६–० गोलले हराउँदै साफ महिला च्याम्पियनसिप प्रवेश

२७, भाद्र २०७९ काठमाडौं । नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिसा कार्कीले दुई गोल गरिन् । त्यस्तै रश्मी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाही एक÷एक गोल गरिन् । खेलको १०औं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

उनले हिरा कुमारी भुजेलको पासमा गोल गरेकी हुन् । त्यसको एक मिनेटपछि सरुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । उनले पुनम जर्घा मगरको पासमा गोल गरेकी हुन् । नेपालले १७ औं मिनेटमा अमृताले गोल गर्दै नेपाललाई ३–० को दिलाइन् । पहिलो हाफको इन्ज्युरी समयमा दिपा शाहीले गोल गर्दा नेपालले पहिलो हाफमा ४–० गोलको अग्रता लिएको थियो । खेलको ७६ औं मिनेटमा अमिसाले गोल गर्दै नेपाललाई ५–० गोलको अग्रता दिलाइन् । अमिसाले खेलको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६–० गोलको जित दिलाइन् ।

नेपाल आजको खेलमा जित निकाल्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अब सेमिफाइनल प्रतिद्वन्द्वीका लागि बंगलादेश र भारतबीचको खेलको नतिजा पर्खनु पर्ने हुन्छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार