नाैलाेप्रेस डेस्क

822 Posts
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । सुदुरपश्चिम लगाएत देशभरको मौसम आंशिक देखि सामान्य बदली रहि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ। राती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका स्थानका पहाडी तथा भिरालो जमिनमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै, सडक तथा हवाई यातायातमा प्रभावको सम्भावना…
पुरा पढ्नुहाेस्
आज भाद्र २९ गते, तपाईंको आजको राशिफल

आज भाद्र २९ गते, तपाईंको आजको राशिफल

आज २०७९ भाद्र २९ गते, बुधवार, १४ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष चतुर्थी तिथि । आजको राशिफल अनसार तपाईंको आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ, तर आफन्तसँग भेटघाट भने हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आँटेको र ताकेको कार्य पुरा होला…
पुरा पढ्नुहाेस्
बर्दगोरियाबाट प्रदेश सभा (ख) समानुपातिकतर्फ ध्वज बहादुर सुनारको नाम सिफारिस

बर्दगोरियाबाट प्रदेश सभा (ख) समानुपातिकतर्फ ध्वज बहादुर सुनारको नाम सिफारिस

२८ भाद्र २०७९, कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) कैलाली क्षेत्र नम्बर २ ले उम्मेदवारीको लागि ध्वज बहादुर सुनारको नाम पनि सिफारिस गरेको छ । पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर २ लागि प्रदेश सभा (ख) समानुपातिकतर्फ ध्वज बहादुर सुनारलाई दलित बाट नाम सिफारिस गरेको हो । सुनार लामो समय देखी कम्यूनिस्ट आन्दोलनमा सकृय भुमिकामा रहेका छन । उनी करिब दुई दशक भन्दा लामो समय देखि माओवादी आन्दोलनमा रहि काम गर्दै आएका छन । माओवादी आन्दोलनमा रहि पार्टीको हितमा र पार्टीको नियम अनुसार विभिन्न सामाजिक कार्यमा समेत आवद्ध रहेका छन…
पुरा पढ्नुहाेस्
घोडाघोडी उद्योग वाणिज्य संघ; उपाध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएको खबरमा कुनै सत्यता छैनः सुनार

घोडाघोडी उद्योग वाणिज्य संघ; उपाध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएको खबरमा कुनै सत्यता छैनः सुनार

२८, भाद्र २०७९ सुखड, (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिकामा भाद्र २९ गते हुन गइरहेको घोडाघोडी उद्योग वाणिज्य संघको निर्वाचनमा उध्योग तर्फको उपाध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएको खबर सत्य नभएको मनोज सुनारले जानकारी दिएका छन । उनले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै उपाध्यक्ष पदबाट आफुले उम्मेदवारी फिर्ता लिएको खबरमा सत्यता नभएको भन्दै खण्डन गरेका छन । घोडाघोडी उद्योग वाणिज्य संघको भाद्र २९ गते हुन गइरहेको निर्वाचनमा केही ब्यक्तिहरुले उध्योग तर्फको उपाध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएको भनी बाहिरी भ्रम फैलाउने खबरमा कुनै सत्यता नभएको भन्दै उनले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन । केही व्यक्तिहरुले मलाई प्रतिकुल अवस्था सिर्जना…
पुरा पढ्नुहाेस्
बर्दगाेरियामा बाल संजालले राष्ट्रिय बाल दिवस मनाउँदै

बर्दगाेरियामा बाल संजालले राष्ट्रिय बाल दिवस मनाउँदै

राजेन्द्र रावल २८, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी समाज’ भन्ने नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवस कैलाली जिल्लाकाे बर्दगाेरिया गाउपालिकामा मनाईने भएको छ । बर्दगाेरिया गाउपालिका स्तरिय बाल संजालकाे आयाेजनामा भदौ २९ गते बुधबार ५८ औं राष्ट्रिय बाल दिवस बिबिध कार्यक्रमकाे आयाेजना गरेर मनाउने तयारी भएको पालिका स्तरिय बाल संजालका अध्यक्ष बसन्त राज जैशीले जानकारी दिएका छन् । अध्यक्ष जाेशीका अनुसार बर्दगाेरिया गाउपालिका वडा नम्बर ६ बास्काेटि स्थित महुन्याल माध्यमिक बिधालयकाे प्राङ्गणमा राष्ट्रिय बाल दिवसकाे अवसर पारेर प्रतियाेगात्मक नृत्य र गायन प्रतियाेगिताकाे आयाेजना गरिने उनले बताय । बिहान ९ बजेबमट सुरु हुने…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा लामखुट्टेको लार्भा खोज र नस्ट गर्ने अभियान कार्यक्रम सम्पन्न

बर्दगोरिया-५ मा लामखुट्टेको लार्भा खोज र नस्ट गर्ने अभियान कार्यक्रम सम्पन्न

२८, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ कोइली भुरुवामा बर्दगोरियागाउँपालिकाको स्वास्थ शाखाको आयोजनामा आज एक कार्यक्रम बिच डेंगु लगायत किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नस्ट गर्ने अभियान कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप फैलिएको छ। साउन १ गतेपछि मात्रै कैलालीको लम्कीचुहा नगरपालिकामा मात्र २५ जनामा डेंगुको संक्रमण देखिएको छ। अहिलेको समयमा डेंगुको संक्रमण देखिने गरेको फिजिसियन डाक्टर शुभेषराज कायस्थले बताए । यो रोग चार पटकसम्म लाग्छ। नागरिक आफैले सचेत हुनु राम्रो हो। यसका लक्षण देखिए स्वास्थ्य संस्थामा जान अग्रह गर्छु,’ उनले भने । डेंगुको संक्रमण बढ्दै…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो रहला ?

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो रहला ?

काठमाडौं । पूर्वानुमान महाशाखाल सुदुरपश्चिम प्रदेश लगाएत हाल देशभरको मौसममा सामान्य बदली रही हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका पनि एक–दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेका जनाएको छ । आज दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ। राती गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम…
पुरा पढ्नुहाेस्
आज भाद्र २८ गते, तपाईंको आजको राशिफल

आज भाद्र २८ गते, तपाईंको आजको राशिफल

आज २०७९ भाद्र २८ गते, मंगलवार, १३ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष तृतीया तिथि । आजको राशिफल अनसार तपाईंको आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ । सानातिना समस्यामा अल्झिनु पर्नेछ, तर आफन्तबाट साथ र हौसला मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा…
पुरा पढ्नुहाेस्
दलित भनेर अपमान गर्दै ज्यान मार्ने धम्की दिनेलाई कारबाहीको माग, विज्ञप्ति सहित

दलित भनेर अपमान गर्दै ज्यान मार्ने धम्की दिनेलाई कारबाहीको माग, विज्ञप्ति सहित

२७, भाद्र २०७९, कैलाली । दलित भनेर अपमान गर्दै ज्यान मार्ने धम्की दिने भुपेन्द्र बहादुर सिंहलाई नेपाल दलित मुक्ति मोर्चाले कारबाहीको माग गरेको छ । बझाङ जिल्ला खप्तड छान्ना गाउँपालिका घर भएका सिंहले सोही गाउँपालिकामा बस्ने टंक आर्गि लाई दलित भन्दै अपमानजनक गाली बेइज्जत गर्दै ज्यान मार्ने धम्की दिएकोले कारबाहीको माग गरेको हो । दलित मुक्ति मोर्चा सुदूरपश्चिम प्रदेश कमिटी संयोजक बिनिता बिकले भदौ २७ गते प्रेस विज्ञप्ति जारी गर्दै जातीय भेदभाव तथा छुवाछूत जन्य अश्लिल गालीगलोज गर्दै फोन मार्फत ज्यान मार्ने धम्की दिएको घटना प्रति कडा आपत्ति जनाउदै तत्काल पक्राउ गरि कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेको…
पुरा पढ्नुहाेस्
कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागी समानुपातिक तर्फबाट बालकुमारी सुनारको नाम सिफारीस

कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागी समानुपातिक तर्फबाट बालकुमारी सुनारको नाम सिफारीस

२७ भाद्र २०७९, बर्दगोरिया (कैलाली) । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांगे्रसले कैलाली क्षेत्र नम्बर–२ अन्तर्गत प्रदेशसभा (ख) का लागि समानुपातिक तर्फबाट बालकुमारी सुनारको नाम सिफारीस गरेको छ । नेपाली कांगे्रसले बर्दगोरीया गाउँ कमिटिले कैलाली क्षेत्र नम्बर–२ अन्तर्गत प्रदेशसभा (ख) का लागि सुनारको नाम सिफारिस गरेको हो । बर्दगोरिया गाउँ कमिटिको बैठकले सुनारलाई प्रदेशसभा सदस्य निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवार सिफारिस गरी जिल्ला समितिलाई सिफारिस गरेको हो । सुनार एक सकृय राजनितिज्ञ हुन । उनले पार्टीको हितमा रहि थुर्पै सामाजिक कार्य समेत गर्दै आएकी छन । सुनारको समाजमा एक प्रकारको आफ्नै छुट्टै…
पुरा पढ्नुहाेस्