यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । सुदुरपश्चिम लगाएत देशभरको मौसम आंशिक देखि सामान्य बदली रहि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ। राती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका स्थानका पहाडी तथा भिरालो जमिनमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै, सडक तथा हवाई यातायातमा प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार