घोडाघोडी उद्योग वाणिज्य संघ; उपाध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएको खबरमा कुनै सत्यता छैनः सुनार

२८, भाद्र २०७९ सुखड, (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिकामा भाद्र २९ गते हुन गइरहेको घोडाघोडी उद्योग वाणिज्य संघको निर्वाचनमा उध्योग तर्फको उपाध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएको खबर सत्य नभएको मनोज सुनारले जानकारी दिएका छन ।

उनले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै उपाध्यक्ष पदबाट आफुले उम्मेदवारी फिर्ता लिएको खबरमा सत्यता नभएको भन्दै खण्डन गरेका छन ।

घोडाघोडी उद्योग वाणिज्य संघको भाद्र २९ गते हुन गइरहेको निर्वाचनमा केही ब्यक्तिहरुले उध्योग तर्फको उपाध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएको भनी बाहिरी भ्रम फैलाउने खबरमा कुनै सत्यता नभएको भन्दै उनले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन ।

केही व्यक्तिहरुले मलाई प्रतिकुल अवस्था सिर्जना गरि डर, धाक, धम्की देखाएर उम्मेदवारी फिर्ता गरेको र आफ्ना प्रत्यासी आशिष मल्ललाइ समर्थन गरेको खबर भ्रामक रहेको भन्दै सुनारले प्रेस बिज्ञप्ति जारी गरेका हुन ।

उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ – आफू अध्यक्ष पदका उम्मेदवार नन्दराम सापकोटाको प्यानलमा रहेको र आफुसहित अध्यक्ष पदका उम्मेदवार नन्दराम सापकोटा र सचिव पदका उम्मेदवार धन बहादुर बडुवाललाइ मत दिई बिजयी गराइदिनहुन अनुरोध गरिन्छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार