बर्दगोरिया–५ मा असोज ८ गते निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन हुँदै
बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकामा असोज ८ गते निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन हुने भएको छ । पालिकाको वडा नम्बर ५ को आयोजनामा असोज ८ गते शनिबार एक दिन नाक, कान, घाँटी रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्न लागेको हो । बर्दगोरिया अस्पताल प्रा.लि.को सहयोगमा उक्त नाक, कान, घाँटी रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन लागेको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीले जानकारी दिए । उनका अनुसार वडा भित्रका नागरिकको स्वास्थ्य लाई मध्यनजर गर्दै उक्त निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्न लागेको बताए । स्वास्थ्य परिक्षण शिविरमा औषधीमा ७ प्रतिशत र अप्रेशन गर्नु…

















