बर्दगोरियाका एक युवक हतकडीसहित फरार

कैलाली । कैलालीमा औषधसहित पक्राउ परेका एक युवक हतकडीसहित  भागेका छन् ।

ईलाका प्रहरी कार्यालय सडकपुरबाट साेमबार लागु औषध सहित पक्राउ परेका बर्दगाेरिया गाउँपालिका-२ का अन्दाजी २८ वर्षीय जुगराम चाैधरी हतगडीसहित भागेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले उनलाई लागुऔषध सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय बौनिया ल्याउने क्रममा उनी हतगडीसहित राति करिब साढे १० बजेतिर भागेर फरार भएका हुन ।

फरार भएका उनको उनको खोजी कार्य भइरहेकाे प्रहरीले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार