बर्दगोरियामा असोज ५ गते देखि हुने भनिएको फुटबल प्रतियोगिताको मिति सर्‍यो

४, असोज २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउपालिकामा ठूलो धनराशिको पाचौं बर्दगोरिया सेती लोकमार्ग खुला रास्ट्र ब्यापी फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरि बिगतका बर्षमा हुँदै आएको फुटबल प्रतियोगिताले यस बर्ष पनि निरन्तरता पाउने जानकारी गराईएको हो।

बिगत ४ संस्करण सफल रुपमा सम्पन्न गरेको सडकपुर बौनिया युवा क्लबले यस पटक पाँचौ बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिता गर्ने जानकारी गराएको हो । प्रतियोगिता यहि असोज ३० गते देखि कार्तिक ७ गते सम्म संचालन हुने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २५ ह्जार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने द्दितिय स्थान हासिल गर्ने टिमले नगद १ लाख १५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका खेल संयोजक रवि कुँवरले पत्रकार सम्मेलनमा जानकारी गराए ।

यसै गरि व्यक्तिगत बिद्या तर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडीले नगद १५ ह्जार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्दा उत्कृष्ट गोल रक्षक,उत्कृष्ट डिफेन्डर ,सर्बाधिक गोल कर्ता र उदयिमान खेलाडिले नगद १०/१० ह्जार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन ।

प्रतियोगितामा तीन प्रदेश सहित बिभागिय टिम लगाएत १६ टिमको सहभागिता रहने क्लबका अध्यक्ष जीवन बि सि ले बताए । प्रतियोगिताको कुल खर्च १२ लाख लाग्ने र प्रायोजकहरुको खोजी भइ रहेको प्रतियोगिताका आर्थिक संयोजक पुस्प भण्डारीले बताए ।

प्रतियोगिताले यश क्षेत्रमा रहेको बर्दगोरिया धामको प्रचारप्रसारमा सहयोग पुगोस भन्ने उद्देश्य रहेको महासचिव तथा प्रतियोगिता प्रचारप्रसार संयोजक कृष्ण प्रसाद ओझाले जानकारी दिए । साथै रोकिएको सेती लोकमार्गको कामले पनि तीब्रता पावस भन्ने प्रतियोगिताको उद्देश्य रहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार