मिर्मिरे लघुबित्त बित्तिय संस्थाले आफ्नो बार्षिकोत्सब ट्राफिक सचेतना कार्यक्रम गरि मनायो

५, असोज २०७९ बर्दगोरिया (कैलाली) । मिर्मिरे लघुबित्त बित्तिय संस्था लि बौनिया शाखाले ट्राफिक सचेतना सम्बन्धि बौनियामा कार्यक्रम गरेको छ । मिर्मिरे लघुबित्त बित्तिय संस्थाले आफ्नो १२ बर्ष पूरा गरि १३ वर्षको पुर्ब सन्ध्यामा बौनिया शाखाले सो कार्यक्रम गरेको हो । संस्थाले आफ्नो कार्यालय देखि बौनिया बजार सम्म र्‍याली समेत निकालेको थियो । र्‍यालिमा द शन राईज माध्यामिक बिधालयका विद्यार्थी ,बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम,ट्राफिक प्रहरी,ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरिहरुको समेत सहभागिता रहेको थियो ।

विद्यार्थीहरुले हात हातमा ट्राफिक सचेतना सम्बन्धि प्ले कार्डहरु समेत बोकेका थिए । प्ले कार्डमा ट्राफिक नियमको पालना गरौ,बाटो काट्दा जेब्रा क्रस ठाउँ बाट मात्रै काटौ, मदिरा सेवन गरि सवारी साधन नचलाउ, मोटरसाइकल चलाउदा हेल्मेटको प्रयोग गरौ जस्ता प्ले कार्ड हरु बोकेका थिए ।

कार्यक्रम बोल्दै गाउपालिका अध्यक्ष कर्ण कुँवरले कार्यक्रम एकदमै राम्रो भएको बताए । उनले सवारी साधन चलाउदा सबैले ट्राफिक नियमको पालना गर्नु पर्ने बताए । साथै अध्यक्ष कुँवरले आफ्नो जीवनको सुरक्षा आफैले गर्नु पर्ने हुदा ट्राफिक नियमको सबैले पालना गर्नु पर्ने बताए ।

यस्तै मिर्मिरे लघुबित्त बित्तिय संस्था लिमिटेडका सुदुरपश्चिम् प्रदेश प्रमुख स्यम्भु श्रेष्ठले सवारी साधन चलाउदा लापरबाही कारण ज्यान गुमाउनु परेको अवस्था लाई मध्य नजर गर्दै मिर्मिरे लघुबित्त बित्तिय संस्थाले आफ्नो वाषिर्ककोत्सबको अवसरमा ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम गरेको बताए ।

कार्यक्रममा बौनिया शाखा प्रमुख इन्द्रजित बोहरा, मिर्मिरे लघुबित्त बित्तिय संस्थाक सुदुरपस्चिम उप प्रमुख तेज बहादुर खत्री , अमौरा शाखा प्रमुख सीता बि क लगाएत बौनिया शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार