नाैलाेप्रेस डेस्क

822 Posts
राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ?

राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ?

आज २०७९ कार्तिक २ गते, बुधवार, १९ अक्टोबर २०२२ । कार्तिक कृष्णपक्ष नवमी तिथि । राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । दीर्घकालिक योजना कार्यान्वयन हुने र त्यसबाट दूरगामी प्रतिफल प्राप्त हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । पुँजी बजार या शेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ । मुद्दामामिलामा पनि विजयी भइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । दाम्पत्य जीवनमा एक…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम लगाएत देशभरका केहि भू–भागमा आंशिक बदली

सुदूरपश्चिम लगाएत देशभरका केहि भू–भागमा आंशिक बदली

काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेने भएको हो । आज दिउँसो देशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। तराइमा भने आज मौसम सामान्यतया सफा नै रहन्छ । भोलि भने सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागको एक–दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
बाेइज युनियन लम्किद्वारा (केवाइसि) कट्टिपुर ३/० गोलीले पराजित

बाेइज युनियन लम्किद्वारा (केवाइसि) कट्टिपुर ३/० गोलीले पराजित

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउपालिकामा जारी बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको आज भएको खेलमा कट्टिपुर विजयी भएको छ । मंगलबार (केवाइसि) कट्टिपुर युवा क्लब र बाेइज युनियन लम्कि बिच भएको खेलममा (केवाइसि) कट्टिपुर युवा क्लब ३/० गोलीले पराजित भएको हो ।
पुरा पढ्नुहाेस्
बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्ष्यित गर्दै बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) मा उक्त अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ को प्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई कसरी विजयी गराउने बिषयमा अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको थियो । संयुक्त बाम…
पुरा पढ्नुहाेस्
चुनाव चिन्नमा कुनै संकोच नमानी गठबन्धनका उम्मेदवारलाई विजयी बनाऔं; कमल शाह

चुनाव चिन्नमा कुनै संकोच नमानी गठबन्धनका उम्मेदवारलाई विजयी बनाऔं; कमल शाह

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका आयोजित गठबन्धनका अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार कमल बहादुर शाहले गठबन्धनका उम्मेदवारलाई निस्वार्थपुर्ण निर्वाचित गराउन नेपाली काङ्ग्रेसका नेता कार्यकर्तालाई निर्देश दिएका छन ।सोमवार बर्दगोरिया गाउँपालिकामा आयोजित संकोच नमानी लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा शाहले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार शाहले अहिलेको चुनावी लडाइँ बाध्यात्मक रहेको बताउदै नेपाली काङ्ग्रेसका क्रियाशील नेता कार्यकर्ताले जुनसुकै अवस्थामा पनि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिए । उनले भने - हिजो के भयो…
पुरा पढ्नुहाेस्
राजनीतिको नाममा खुद्रा पसल जस्तो पार्टी खोलेर व्यवसाय चलाउनेहरुलाई गठबन्धनले देशभर बाट बढार्ने छ; नन्द बहादुर साउद

राजनीतिको नाममा खुद्रा पसल जस्तो पार्टी खोलेर व्यवसाय चलाउनेहरुलाई गठबन्धनले देशभर बाट बढार्ने छ; नन्द बहादुर साउद

बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले राजनीतिको नाममा खुद्रा पसल जस्तो पार्टी खोलेर व्यवसाय चलाउनेहरुलाई गठबन्धनले देशभर बढार्ने बताएका छन । सोमबार कैलालीको बर्दगोरियामा निर्वाचन क्षेत्र नम्बर २ (ख) अन्तर्गत बाम लोकतान्त्रिक गठबन्धनको सयुक्त क्षेत्रीय अगुवा कार्यकर्या भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । राष्ट्रिय पार्टीहरु समेत गठबन्धन गरि चुनावी मैदानमा उत्रिएको बेला केही स-साना क्षेत्रीय पार्टीहरुले चुनाव जित्छौ र आफ्नो सरकार बनाउछौ भन्ने कुरा दिवा सपना मात्रै भएको बताए । यही मङ्सिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका…
पुरा पढ्नुहाेस्
समानुपातिक बन्द सूचीमा रहेका ४३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने

समानुपातिक बन्द सूचीमा रहेका ४३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक बन्द सूचीमा रहेका ४३९ जनालाई जरिवाना बुझाई बन्दसूचीबाट आफ्नो नाम हट्ने आग्रह गरेको छ । आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई कार्तिक ५ गते सम्मको समय भित्र जरिवाना बुझाई बन्दसूचीबाट आफ्नो नाम हट्ने आग्रह गरेको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो । निर्वाचन आयोगका अनुसार कार्तिक ५ गते सम्मको समय भित्र जरिवाना बुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने छ ।
पुरा पढ्नुहाेस्
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । आज देशभरको मौसममा सामान्यतया सफा रहने छ । जसकारण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बुधबार पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पुरा पढ्नुहाेस्
कट्टिपुर युवा क्लबद्वारा आयोजक सडकपुर बौनिया युवा क्लब ‘ए’ ३-० गोलले पराजित 

कट्टिपुर युवा क्लबद्वारा आयोजक सडकपुर बौनिया युवा क्लब ‘ए’ ३-० गोलले पराजित 

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउपालिकामा जारी बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा कट्टिपुर  विजयी भएको छ । आयोजक सडकपुर बौनिया युवा क्लब 'ए' र कट्टीपुर युवा क्लब बिच भएको खेलमम आयोजक टिम पराजित भएको हो । आयोजक सडकपुर बौनिया युवा क्लब 'ए' कट्टीपुर युवा क्लब सङ्ग ३-० गोलीले पराजित भएको हो । कट्टिपुर युवा क्लबलाई विजयी गराउन सुशील विसीले प्रथम गोल हानेका थिए । यस्तो पुस्कल शाही, सुदिप घर्ती मगरले पनि क्रमशः १/१ गोल हानेका थिए । यस्तै उक्त प्रथम खेलको म्यान अफ द म्याच सुशील बिसि बन्न सफल भएका हुन । प्रतियोगितामा मा १२…
पुरा पढ्नुहाेस्
बर्दगोरियाका कर्मचारीको टिमलाई हराउँदै पत्रकारको टिम विजयी

बर्दगोरियाका कर्मचारीको टिमलाई हराउँदै पत्रकारको टिम विजयी

बर्दगोरिया गाउँपालिकाको टिमलाई हराउँदै पत्रकारको टिम विजयी बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउपालिकामा जारी बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पत्रकारको टिम विजयी भएको छ । सडकपुर बौनिया युवा क्लबको आयोजनामा भईरहेको उक्त बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पत्रकारको टिम विजयी भएको हो । उद्घाटन खेलमा बर्दगोरिया गाउँपालिकाका कर्मचारी र बर्दगोरिया गाउँपालिकाका पत्रकार बीच मैत्रीपुर्ण खेल भएको थियो। उक्त मैत्रीपुर्ण खेलमा बर्दगोरिया गाउँपालिकाका कर्मचारीलाई २-१ गोलको  अन्तरले हराउँदै विजयी भएको हो । खेलको आज एक कार्यक्रमका बिच बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उद्घाटन गरेका हुन । प्रतियोगितामा मा १२ वटा…
पुरा पढ्नुहाेस्