सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले बिहीबार गर्ने
कैलाली । सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन । मङ्सिर २२ गते (बिहीबार) बाट कैलालीको धनगढीमा सुरु हुने उक्त सुदूरपश्चिम महोत्सव उद्घाटन प्रधानमन्त्री देउवाल गर्ने भएका हुन । महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने उक्त महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताए छन । बुधबार साँझसम्म महोत्सवको तयार पूरा हुने उनले बताएका छन्। उनका अनुसार महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका संस्कृति झल्किेन झाँकी नृत्य प्रदर्शन गर्ने तयारी छ। सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ। कोरोना…
















