नाैलाेप्रेस डेस्क

822 Posts
गोदावरी कृषि सहकारीको ११ औं बार्षिक साधारणसभा सम्पन्न

गोदावरी कृषि सहकारीको ११ औं बार्षिक साधारणसभा सम्पन्न

गोदावरी (कैलाली) । गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा शुक्रबार ओलानीमा सम्पन्न भएको छ । कुल जम्मा ८२ लाख ६२ हजार ९ सय ८६ रुपैया ७७ पैसाको आर्थिक तथा प्रगति प्रतिवेदन अनुमोदन र आगामी कार्ययोजना तय गर्दै साधारणसभा समपन्न भएको हो । सहकारीमा ५ लाख ८८ हजार १ सय ६५ रुपैया नाफा रहेको कोषाध्यक्ष पार्वती देवी विकले प्रतिवदेन प्रस्तुत गरेकी थिईन् । सहकारीमा ७ सय ६५ जना सेयर सदस्य रहेकाछन् । साधारणसभाका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा राज्यमन्त्री बल बहादुर सोडारीले कार्यक्रमको उद्घाटन गरेका थिए । साधारणसभा लाई सम्बोधन गर्दै सो्डारीले सहकारीले धेरै…
पुरा पढ्नुहाेस्
अध्यादेश पारितको माग गर्दै नागरिक उन्मुक्ति पार्टीद्वरा बौनियामा बिरोध प्रदर्शन

अध्यादेश पारितको माग गर्दै नागरिक उन्मुक्ति पार्टीद्वरा बौनियामा बिरोध प्रदर्शन

बर्दगोरिया । नागरिक उन्मुक्ति पार्टीले नेपाल सरकारले जारी गरेको अध्यादेश पारितको माग गर्दै बौनियामा बिरोध प्रदर्शन गरेको छ । टिकापुर घटनाका दोषी भनिएका रेशम चौधरी सहित अन्य राजबन्दिहरुलाई रिहाई गर्न नेपाल सरकारले अध्यादेश जारी गरेको थियो । नेपाल सरकारले ल्याएको अध्यादेशले विभिन्न मुद्दामा दोषी ठहरिएका अहिले जेल जीवन बिताईरहेका व्यक्तिलाई आम माफी दिन ल्याईएको भन्दै कतै बिरोध समेत भइ रहेको छ । तर नागरिक उन्मुक्ति पार्टीले यसको स्वागत गर्दै तत्काल पारित नभए गर्दै संघर्षका कार्यक्रम गर्ने जनाएको छ । नेपाल सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणका लागि रास्ट्रपति समक्ष पेश गरिएको छ । शुक्रबार नागरिक उन्मुक्तिले बौनिया बजारमा समेत नाराबाजी गर्दै र्‍याली…
पुरा पढ्नुहाेस्
जेसिज सप्ताह : वक्तृत्वकला प्रतियोगितामा बालकन्या मा वि कि सपना बुढा प्रथम

जेसिज सप्ताह : वक्तृत्वकला प्रतियोगितामा बालकन्या मा वि कि सपना बुढा प्रथम

बर्दगोरिया । बौनिया जेसिजको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । बौनिया जेसिजको नारा "समृद्धि र बिकासक लागी युवा" भन्ने बिषयमा मा वि बिधालय स्तरीय बक्तृत्वकला प्रतियोगिता भएको हो । बौनिया जेसिज बर्ष २०२२ सप्ताह कार्यक्रम अन्तर्गत बक्तृत्वकला सम्पन्न गरेको हो । बक्तृत्वकलामा बालकन्या माध्यामिक बिधालयकि सपना बुढाले प्रथम स्थान हासिल गर्दा महुन्याल मा वि बास्कोटिकी उर्मिला देवकोटा द्दितिय स्थान हासिल गर्न सफल भईन । यसै गरि तृतीय स्थान कालिका मा वि नौनियाकी पुर्णकला जैशी भईन । बिहीवार बाट सुरु भएको जेसिज सप्ताह कार्यक्रम अन्तरगत शुक्रबार बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रम बर्ष २०२२ का कानुनी…
पुरा पढ्नुहाेस्
बौनिया जेसिजले गर्‍यो पुरस्कर बितरण गर्दै सप्ताह कार्यक्रम सम्पन्न

बौनिया जेसिजले गर्‍यो पुरस्कर बितरण गर्दै सप्ताह कार्यक्रम सम्पन्न

बर्दगोरिया । बौनिया जेसिजको सप्ताह कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ । मंसिर २२ गते देखि शुरु भएको जेसिज सप्ताह आज पुरस्कार बितरण गर्दै सम्पन्न भएको हो । सात दिन सम्म सञ्चालन गरीएका बिभिन्न कार्यक्रमहरु उत्साह पुर्बक सम्पन्न गर्दै बौनिया जेसिजले आज एक कार्यक्रमका बीच सप्ताहब्यापि कार्यक्रम विधिवत रुपमा समापन गरेको हो । बौनिया जेसिज वर्ष २०२२ का अध्यक्ष कृष्ण प्रसाद ओझाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बौनिया जेसिजका संस्थापक अध्यक्ष लिलाराज शाही रहेका थिए । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष लिलाराज शाहीले जेसिज भनेको नेतृत्व गर्ने स्थानमा नभई नेतृत्व गर्ने व्यक्तिको जन्म गर्ने संस्था रहेको बताए ।…
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि.को १२ कोठे भवनको शिलान्यास, (फोटोफिचर)

श्री महुन्याल मा.वि.को १२ कोठे भवनको शिलान्यास, (फोटोफिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री महुन्याल मा.वि को १२ कोठे भवनको शिलान्यास गरिएको छ । बिहिवार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उक्त १२ कोठे बिधालयको भवनको शिलान्यास गरेका हुन । राष्ट्रिय योजना आयोगको करिब डेढ करोड लागत उक्त भवन बन्न लागेको बिधालय व्यवस्थापन समितिका अध्यक्ष धोज बहादुर सुनारले जानकारी दिए ।  अध्यक्ष सुनारका अनुसार उक्त भवन निर्माणको ठेक्का एल.डि.थ्री फिचर प्राइभेट लिमिटेडले पाएको छ । उक्त भवन २०८० साल असार मसान्तसम्म निर्माण कार्य सम्मान हुने गरि ठेक्का भएको उनले बताए । उक्त १२ कोठे भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष कुवरले विद्यालयको बृद्धि विकास र…
पुरा पढ्नुहाेस्
किसान-कोप मार्टको बदगोरियामा शाखा बिस्तार; पालिका अध्यक्ष कुँवर द्वारा उद्घाटन

किसान-कोप मार्टको बदगोरियामा शाखा बिस्तार; पालिका अध्यक्ष कुँवर द्वारा उद्घाटन

बर्दगोरिया । कैलालीको बर्दगोरियामा किसान कोप मार्ट औपचारिक रुपमा संचालनमा आएको छ । बिहिवार पालिका अध्यक्ष कर्ण बहादुर कुवरले रिवन काटेर शाखाको उद्घाटन गरेका हुन । शाखाको उद्घाटन गर्दै अध्यक्ष कुवरले आफ्नो पालिकाको बिकास र यस क्षेत्रको व्यापार व्यवसायलाई थप वृद्धि गर्न यस्ता व्यवसाय तथा मार्टको एक अमुल्य भुमिका रहने बताए । उक्त मार्टमा दैनिक उपभोग्य खाद्यान्न, खेलकुद सामाग्री, गिफ्ट तथा स्टेसनरी सामाग्री, भाँडा-वर्तन, घर सजावटका सामाग्री, कस्मेटिक तथा हेल्थ केयर सामाग्री, स्थानीय एव रैथाने उत्पादन, खाद्यान्न, शुद्ध मासु तथा गेडागुडी, पाउनुका साथै व्यापारी प्रयोजनका लागि आवस्यक पर्ने विभिन्न सामाग्री पनि उपलब्ध रहेको छ । उक्त सामाग्रीहरुमा २ देखि १५…
पुरा पढ्नुहाेस्
राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनल गर्ने काम पुनः सुरू गर्दै

राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनल गर्ने काम पुनः सुरू गर्दै

काठमाडौँ । राष्ट्रिय भूमि आयोगले लगत संकलनल गर्ने काम पुनः सुरू गर्ने भएको छ । आयोगले विभिन्न स्थानीय तहमा लगत संकलन सम्बन्धी काम फेरि सुरू गर्ने भएको हो । चुनावको आचारसंहिताका कारण लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यमा रोक लगाएको थियो । निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागु नरहेको बताएको पछि राष्ट्रिय भूमि आयोगले लगत संकलनल गर्ने काम पुनः सुरू गर्ने भएको हो । आयोगले स्थानीय तहमा पुनः काम सुरू गरिएको जनाएको छ। आयोगले मंसिर २८ गतेदेखि पुनः काम सुरू गरिने जानकारी दिएको छ।
पुरा पढ्नुहाेस्
जाजरकोट जीप दुर्घटना अपडेट : १२ जनाको मृत्यु

जाजरकोट जीप दुर्घटना अपडेट : १२ जनाको मृत्यु

सुर्खेत । सोमबार राति जाजरकोटको छेडागाड नगरपालिकामा भएको बोलेरो जिप दुर्घटना बाट १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा एकै वडाका आठ जना रहेको प्रहरीले जनाएको छ । जस अनुसार मृत्यु हुनेमा जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारी रहेका छन । यस्तै चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्काको पनि मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको…
पुरा पढ्नुहाेस्
कस्तो छ आजको राशिफल ? मङ्सिर २७ गते मंगलबार २०७९

कस्तो छ आजको राशिफल ? मङ्सिर २७ गते मंगलबार २०७९

काठमाडौ । आज २०७९ मंसिर २७ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताको कदर हुनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । महत्वपूर्णकार्य सम्पादन गर्न पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । बृष राशि इ, उ, ए, ओ, बा, बि,…
पुरा पढ्नुहाेस्
वैदेशिक रोजगारीमा गएका थप १४७९ जनाले गुमाए अकालमै ज्यान

वैदेशिक रोजगारीमा गएका थप १४७९ जनाले गुमाए अकालमै ज्यान

काठमाडौं । रोजगारीमा गएका थप १४७९ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७८–७९ मा वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका १४७९ जनाले आफ्नो अकालमै ज्यान गुमाएका छन् । बिरामी, आत्महत्या, सडक दुर्घटना लगायतका कारणबाट उनीहरूको ज्यान गएको मानव अधिकार आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार मलेसिया र खाडी मुलुकमा अधिक नेपालीको मृत्यु हुने गरेको पाइएको छ । यी मुलुकमा मृत्युदर झण्डै ७५ प्रतिशतको हाराहारी रहेको तथ्यांकमा उल्लेख छ । कुल संख्यामध्ये वैदेशिक रोजगारीमा गएका १०५ जनाले आत्महत्या गरेकोसमेत तथ्यांकमा उल्लेख छ । –न्युज कारखाना
पुरा पढ्नुहाेस्