नाैलाेप्रेस डेस्क

822 Posts
बर्दगोरियामा माघि मेलाको तयारी पुराः पालिका अध्यक्ष कुँवरले उद्घाटन गर्ने

बर्दगोरियामा माघि मेलाको तयारी पुराः पालिका अध्यक्ष कुँवरले उद्घाटन गर्ने

बौनियाँ, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला कार्यक्रमको तयारी पुरा भएको छ । मेलाको तयारी पुरा भएसँगै आज बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उद्घाटन गर्ने भएका हुन । “बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ” भन्ने नाराका साथ सुरु हुन लागेको उक्त माघि मेला माघ २ गते सम्म संचालन हुने भएको हो । विगत २१ सय वर्ष देखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन, रामलीला र भारतको नौटंकी नाच पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । बर्दगोरिया गाउँपालिकामा हुने मेलाको…
पुरा पढ्नुहाेस्
मा वि कोटातुल्सिपुरमा निर्माणाधिन भवनको पालिका अध्यक्ष कुँवर द्वरा अनुगमन

मा वि कोटातुल्सिपुरमा निर्माणाधिन भवनको पालिका अध्यक्ष कुँवर द्वरा अनुगमन

२०७९ पौष बौनिया । बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण कुँवरले श्री मा बि कोटातुल्सिपुरमा निर्माणाधिन १२ कोठे पक्की भवनको अनुगमन गरेका छन । अनुगमन गर्दै निर्माण कम्पनीलाई गुणस्तरमा कुनै कसुर बाकी नराख्न आग्रह गरे । बिदाको दिनमा पनि समय निकालेर अध्यक्ष कुँवरले श्री मा. वि कोटातुल्सिपुर पुगेका हुन । सो क्रममा पालिका अध्यक्ष कुँवरले निर्माण कार्यमा कुनै कसुर बाकी नराखी समयमै काम सक्न निर्माण कम्पनीका ठेकेदारलाई निर्देशन समेत दिएका छन । उक्त भवन राष्ट्रिय योजना आयोगबाट निर्माण भैइरहेको बिधालयका प्रध्यानाध्यापक तारा जोशिले बताए । पहिलो चरणमा अहिले ४ कोठे पक्की भवन बन्ने छ । क्रमागत बजेट भएका कारण आगामी बर्षमा समेत…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

२७, पौष, कैलाली । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिँह रावल नियुक्त भएका छन्। नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ जना सांसदको समर्थनसहित बुधवार अपराह्न रावलले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। दाबी पेस लगत्तै प्रदेश प्रमुख देवराज जोशीले रावलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। रावलले बिहीवार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। सुदूरपश्चिममा नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतीपछि उनी मुख्यमन्त्रीमा चयन भएका हुन्। सुदूरपश्चिममा पहिलो चरणमा एमालेको  मुख्यमन्त्रीमा रावल चयन भएका छन्। एमाले संसदीय दलका नेता रावल सुदूरपश्चिमको साढे २ वर्षका लागि मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। माओवादीले…
पुरा पढ्नुहाेस्
सुदुरपश्चिममा सभामुखका लागि दुई जनाको मनोनयन दर्ता

सुदुरपश्चिममा सभामुखका लागि दुई जनाको मनोनयन दर्ता

२६, पौष, कैलाली । सुदूरपश्चिम प्रदेशमा सभामुखका लागि दुई जना प्रदेश सभा सदस्यले मनोनयन दर्ता गरेका छन्। मनोनीत दर्ता गर्नेमा नेकपा माओवादी केन्द्रका भिम भण्डारी र नेपाली काङ्ग्रेसका मानबहादुर रावल रहेका छन । प्रदेशसभा सचिवालयले सभामुख मनोनयनका लागि आज दिउँसो २ः३० बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने समय तालिका बनाएको थियो।
पुरा पढ्नुहाेस्
बर्दगोरिया-१ मा रहेको नोवेल मा.वि.ले मनायो ३०१ औं पृथ्वी जयन्ती

बर्दगोरिया-१ मा रहेको नोवेल मा.वि.ले मनायो ३०१ औं पृथ्वी जयन्ती

२७, पौष, बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा पृथ्वीनारायण शाहको जन्म जयन्ती दिवस बनाइएको छ । बुधबार गाउपालिकाको वडा नम्बर १ मा रहेको श्री नोवेल माध्यमिक बिधालयले बजार परिक्रम गरि ३०१ औं पृथ्वी जयन्ती मनएको हो । बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रुपमा लिने गरिएको छ । उनको जन्म सन् १७७९ मा भएको थियो भने मृत्यु सन् १८३१ मा भएको थियो । उनले स-साना बाईसे तथा चौबिसे राज्यहरुलाई एकीकरण गरेर नेपाल निर्माणको कामलाई शुरुवात गरेका थिए । बिधालय प्राङ्गण बाट निस्किएको र्‍याली बौनिया बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । प्ले कार्ड सहित र्‍यालिमा निस्केका बिद्यार्थीहरुले ३०१ औ राष्ट्रिय…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा मनाईयो ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

बर्दगोरियामा मनाईयो ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

२७, पौष, बर्दगोरिया । पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा बुधबार बर्दगोरिया गाउपालिकामा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ । बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रुपमा लिने गरिएको छ । उनको जन्म सन् १७७९ मा भएको थियो भने मृत्यु सन् १८३१ मा भएको थियो । उनले स-साना बाईसे तथा चौबिसे राज्यहरुलाई एकीकरण गरेर नेपाल निर्माणको कामलाई शुरुवात गरेका थिए । यसै अवसरमा कैलालीको बर्दगोरिया गाउपालिकामा रहेको नोबेल माध्यामिक बिधालयले र्‍याली सहित एकता दिवस मनाएको छ । बिधालय प्राङ्गण बाट निस्किएको र्‍याली बौनिया बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । प्ले कार्ड सहित र्‍यालिमा निस्केका बिद्यार्थीहरुले ३०१ औ राष्ट्रिय एकता…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि रावलले आज दाबी पेस गर्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि रावलले आज दाबी पेस गर्ने

कैलाली । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि आज एमालेका संसदीय दलका नेता राजेन्द्रसिँह रावलले दाबी पेस गर्ने भएका छन्। एमालेका सचिव तथा सुदूरपश्चिम इन्चिार्ज लेखराज भट्टसहितको सहभागितामा उनी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने भएका हुन्। सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको हो। पहिले एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने सहमती अनुसार रावलले बुधवार मुख्यमन्त्रीको दाबी पेस गर्ने बताएका छन्।
पुरा पढ्नुहाेस्
आज पृथ्वी जयन्तीः देशभर सार्वजनिक विदा

आज पृथ्वी जयन्तीः देशभर सार्वजनिक विदा

कैलाली । आज पृथ्वी जयन्ती । देशभर विभिन्न कार्यक्रम मनाईदैं छ । पृथ्वी जयन्तीकै अवसरमा सरकारले पनि देशभर सार्वजनिक विदा दिएको छ। आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ। गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए। भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले आज २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रधानमन्त्रीलाई समर्थन गरेको दल राप्रपाले सरकारमा सहभागी हुन २७ पुसलाई राष्ट्रिय…
पुरा पढ्नुहाेस्
बर्दगोरीया धाममा माघी मेलाको तयारी अन्तिम चरणमा

बर्दगोरीया धाममा माघी मेलाको तयारी अन्तिम चरणमा

बौनियाँ, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । “बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ" भन्ने नाराका साथ सुरु हुन लागेको माघि मेला पुष २८ गते देखि माघ २ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ । विगत २१ सय वर्ष देखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन,रामलीला र भारतको चर्चित नौटंकीको पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । बर्दगोरिया गाउँपालिकामा हुने मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको तिव्र विकासका निमित्त माघी मेला संचालन हुन…
पुरा पढ्नुहाेस्
माघ ५ गते सभामुखका लागि निर्वाचन हुने

माघ ५ गते सभामुखका लागि निर्वाचन हुने

२६, पौष काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेसँग प्रतिनिधि सभाको सभामुख चयन गर्न माघ ५ गते निर्वाचन हुने भएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सभामुख चयनको मिति घोषणा गरेका हुन्। सभामुखको निर्वाचन कार्यतालिका भने माघ ३ गते प्रकाशित हुनेछ। मंगलबार प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेसँगै सभामुख चयनको मिति तोकिएको हो। प्रधानमन्त्री प्रचण्डले उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ मत प्राप्त गरेका छन्। उनलाई नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले मात्रै विश्वासको मत नदिएका हुन्।
पुरा पढ्नुहाेस्