नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाको दोस्रो गाउँ परिषद सनिवार सम्पन्न
बर्दगोरिया । नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरिया गाउपालिकाको दोस्रो गाउँ परिषद सनिवार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरिया अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला उपाध्यक्ष प्रभु नाथ जैशि रहनु भएको थियो । "गौरवशाली बिगत चुनौतीपूर्ण बर्तमान, गुणस्तरीय शिक्षाको लागि शैक्षिक सुशासन" भन्ने नारा सहित नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाको दोस्रो गाउँ परिषद सनिवार भएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाका उपाध्यक्ष धनराज जोशिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य तारा प्रसाद जोशी, लक्ष्मी बिनाडी, महुन्याल मा वि का प्र अ चन्दृका जोशी, बालकन्या मा बि…
















