नेपालीका कारण एक भारतीयको परिवार बिचल्लीमा; सूचना दिनेलाई ८० हजारको अफर
धनगढी । नेपालीका कारण एक भारतीय नागरिकको परिवार बिचल्लीमा परेको छ । नेपालीले श्रीमती सहित धनमाल गायब पारेपछि भारतको हैदराबादका कुल्दीप सिंहको परिवार अहिले विक्षिप्त अवस्थामा छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ८ का चेतन सिंहले हैदराबादका भारतीय नागरिक कुल्दीप सिंहकी ३८ बर्सिया श्रीमती कविता काबिया सहित उनको धनमाल लिएर बेपत्ता भएका छन् । चेतनले आमाको अश्लील म्यासेज तथा भिडियोहरू पठाएपछि उनका २२ वर्षीय छोराले आत्महत्या गरेका छन् । उनका अर्का छोराले आत्महत्याको प्रयास गरेका छन् । उनकी सात बर्सिया छोरी आमाको वियोगमा प्रताडित भएकी छन् भने कुल्दीप अस्पताल भर्ना भएका छन् । के भएको थियो घटना कुल्दीप सिंहको…
















