तीन महिने अभियान; वडा–वडामा माओवादी केन्द्रका नेताहरू

काठमाडौँ । नेकपा ( माओवादी केन्द्र) का नेताहरू यतिखेर वडा–वडामा पुग्न थालेका छन् । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको ९ महिनापछि सत्तारूढ दल नेकपा ( माओवादी केन्द्र) का नेताहरु यतिखेर ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान लिएर वडा तहमा पुग्न थालेका हुन ।

साउन (१७–२१)सम्म राजधानीको कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने अभियानका लागि पदाधिकारीसहित केन्द्रीय समितिहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो । सोही बमोजिम पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटी सदस्यहरूको कार्य विभाजन टुङ्ग्याएर वडा वडामा खटाइएको छ ।

भदौ १६ गते प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले अभियानको भव्य समारोहबीच ७५३ वटै पालिकामा एकसाथ उद्घाटन गर्ने तयारी गरेको छ । अहिले ६ हजार ७४३ वटै वडामा अभियानलाई सञ्चालन गर्ने विषयमा कार्यक्रम भइरहेको छ ।

यो सँगै ‘सबै प्रदेशमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको कार्य विभाजन टुङ्गिएको छ । कार्य विभाजन को काम टुङिए सँगै अहिले सबै नेताहरु आ–आफ्ना वडामा अभियानको कार्य योजना बनाउन व्यस्त रहेका छन ।

पार्टीका पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्यहरूलाई ७५३ पालिकामध्ये कम्तीमा एउटा वडा हेर्ने गरी जिम्मेवारी तोकिएको छ । बाँकी वडामा प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूलाई खटाउने निर्णय गरेको छ । त्यस्तै पार्टीका केन्द्रीय निकायका पदाधिकारी, सदस्यहरू, विभागका सदस्यहरू, जन वर्गीय सङ्गठन सबैलाई अभियानमा पठाउने निर्णय गरेको छ । २५ लाख जनताको घरमा पुग्ने माओवादीले लक्ष्य राखेको छ ।

गत मङ्सिर ४ सम्पन्न भएको निर्वाचनमा माओवाद केन्द्र ३२ सिटमा सिमित रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार