विश्वकपअघि स्टाेक्सले सन्न्यास फिर्ता लिए

काठमाण्डाै – इङ्ग्ल्यान्डका अलराउन्डर बेस स्टाेक्सले एकदिवसीय क्रिकेटबाट लिएकाे सन्न्यास फिर्ता लिएका छन् ।

३२ वर्षीय स्टोक्सले गएकाे वर्ष जुलाईमा एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएका थिए । तर इङ्ग्ल्यान्डले विश्वकप उपाधि रक्षा गर्ने लक्ष्यसहित स्टाेक्सलाई सन्न्यास फिर्ता लिन आग्रह गरेपछि उनी अर्काे महिना न्युजिल्यान्डसँग हुने ४ खेलकाे एकदिवसीय शृङ्खलाका लागि टाेलीमा फर्किएका हुन् । योसँगै स्टाेक्सले आउँदाे अक्टोबर/नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्ने पक्का भएको छ ।

स्टोक्सले टेस्ट र टी–२० क्रिकेटबाट भने सन्न्यास लिएका थिएनन् । उनी इङ्ल्यान्डको टेस्ट टोलीको कप्तान पनि हुन् ।

इङ्ल्यान्डलाई सन् २०१९ को एकदिवसीय विश्वकपको उपाधि जिताउन पनि स्टोक्सले महत्त्वपूर्ण पारी खेलेकाे थिए । न्युजिल्यान्डसँगकाे फाइनल खेलमा उनले नटआउट ८४ रन बनाएका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार