कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबार पनि देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार