बर्दगोरियामा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम तीब्र

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि गठबन्धनले बर्दगोरियाका ६ वटै वडामा घरदैलो कार्यक्रम तीब्र पारेको हो ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादीसहितको पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको  टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ ।

शुक्रबार पनि गठबन्धनले वडा नम्बर १ ,६ लगाएतका स्थानमा पगि घरदैलो गर्यो । घरदैलो अभियानका क्रममा गठबन्धनले यहाँको समृद्वि र विकासको निमित्त गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र ) लाई भोट हाल्न अपिल गरेको छ । उनी निवर्तमान सुदुरपश्चिम प्रदेश सभा सदस्य हुन ।

यतिबेला बाम गठबन्धनले आफ्ना उम्मेदवार सहित मतदाताको घरघरमै पुगेर मत मागिरहेको छ । प्रचार प्रसार अभियानमा गठबन्धनका नेता र उम्मेदवारले यहाँका  नागरिकका गुनासा सँगै आगामी ५ वर्षको लागि सुझाव सल्लाह समेत  मागिरहेको छ ।

बाम गठबन्धनले आम नागरिकमा एक ढिक्का भएर चुनावमा केन्द्रित हुन नेता, कार्यकर्तालाई आग्रह रहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार