कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

काठमाडौं । कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ वस्ने २० वर्षीय सञ्जय लुहार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी १४४ ट्याबलेट नाईट्रोभेट सहित पक्राउ परेका हुन ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले मोहना नदी तरी भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार