घटस्थापनाको शुभ साइत बिहान १० बजेर २३ मीनेटमा

काठमाडौं । भोली असोज १० गते सोमबारदेखि नवरात्र आरम्भ हुँदैछ । नवरात्र आरम्भ भएसँगै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले घटस्थापनाको लागि शुभ साइत बिहान १० बजेर २३ मीनेट रहेको जनाएको छ ।

यस्तै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको दशैँको टीकाको साइत सार्वजनिक गरेको छ । असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मीनेटमा टीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।

जसअनुसार बिहान १०ः३४ बजे देवी बिसर्जन गरी ११ः५१ बजे टीका लगाउन उत्तम समय रहेको बताइन्छ । साथै, पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने समितिद्वारा आज जारी सूचनामा उल्लेख छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार