बौनिया जेसिजले मनायो ७ औं संविधान दिवस

बर्दगोरिया (कैलाली) । बौनिय जेसिजले ७ औं संविधान दिवस मनाइएको छ ।

कैलालीको बर्दगोरियामा रहेको सामाजिक संस्था बौनिया जेसीजले दिप प्रज्वलन गरि  ७ औं संविधान दिवस मनाएको हो।

बौनिया जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी कृष्ण प्रसाद ओझाको अध्यक्षता उक्त दिप प्रज्वलन कार्यक्रम सप्पन्न भएको हो ।

दिप प्रज्वलन कार्यक्रममा बौनिया जेसीजका संस्थापक अध्यक्ष जेसी लिला राज शाही, बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा बौनिया जेसीज वर्ष २०२२ का कोषाध्यक्ष जेसी जगत बहादुर शाही, बौनिया बजार व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष देव स्वार, बौनिया जेसीज वर्ष २०२२ का पदाधिकारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा बौनिया जेसीजका संस्थापक अध्यक्ष जेसी लिला राज शाही र

वडा नम्बर ४ का वडा अध्यक्ष तथा बौनिया जेसीज वर्ष २०२२ का कोषाध्यक्ष जेसी जगत बहादुर शाहीले शुभकामना मन्तव्य राखेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार