प्रतिनिधि सभामा उन्मुक्तिबाट कैलाली क्षेत्र नम्बर २ मा बुढाको चर्चा

६, भाद्र २०७९ सुखड (कैलाली) । सरकारले मङ्सिर ४ गते सङ्घीय निर्वाचनको मिति घोषणा गरे सँगै विभिन्न दलहरूमा सरगर्मी बढेको छ । प्रतिनिधि सभामा कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पाटीबाट अरुण चौधरीले टिकट पाउने चर्चा चुलिएको छ ।

सोही चर्चा कै बिच पाटीका संस्थापक केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सह–संयोजक पुन्न बहादुर बुढा (गोरख) ले आफ्नो आकाङ्क्षा सार्वजनिक गरेका छन् । उनले सो क्षेत्रबाट प्रतिनिधि सभामा आफूले टिकट पाउने दाबी गर्दै आन्तरिक प्रचारमा लागी परेका छन् । चुनावमा चर्चा चल्नु स्वभावीकै हो । उनले हामी सँगको कुराकानीमा भने,…. “चर्चा जसको चले पनि अन्ततः टिकट पाउने मैले हो । सङ्घको निर्वाचनमा हरेक पटक लम्की चुहा ले मात्रै पाउनु पर्छ भन्ने छैन । यस पटक नागरिक उन्मुक्तिबाट बर्दगोरियाले मौका पाउँछ ।” बर्दगोरया, मोहन्याल तथा लम्की चुहा का आम नागरिक आफ्नो पक्षमा भएको उनको दाबी छ ।

माओवादीका पूर्व बटालियन कमान्डर समेत रहेका उनी लामो समय माओवादी केन्द्रको राजनीति गरेका थिए । पार्टी विधि र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उनले केही समय अघि नागरिक उन्मुक्ति पाटीको संस्थापक केन्द्रीय सदस्य भएर राजनीतिको नयाँ यात्रा थालेका छन् । विशेष गरी स्थानीय तहको निर्वाचन र सुदूरपश्चिममा पाटी बिस्तारको क्षेत्रमा उनको भूमिका महत्त्वपूर्ण देखिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार