भोलि नेपाल बन्दको घोषणा

६, भाद्र २०७९ काठमाडौं । भोलि मंगलबार नेपाल बन्द हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द ‘विप्लव ‘नेतृत्व सहितका दलले भोलि नेपाल बन्द को घोषणा गरेका हुन ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको पार्टीसहितका चार राजनीतिक दलले भोलि मंगलबार भदौ ७ गते नेपाल बन्द आह्वान गरेका हुन्।

एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयनमा नेकपा विप्लव र सरकारविच भएका तीन बुँदे सहमति सरकारबाटै उलङघन भएको साथै भ्रष्टचार, कालो बजारी, देशमा ब्याप्त आर्थिक मन्दी विरुद्द नेपाल बन्दको घोषणा गरिएको नेकपा कञ्चनपुरले आइतबार जारी प्रेस विज्ञप्तिमा जनाएको छ।

नेकपा कञ्चनपुरका सचिव प्रकाश मल्लद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तिमा आम हड्तालमा ऐक्यबद्धता जोहर गरिदिन अपिल गरिएको छ। सहमति विपरीत अदालतले पार्टीका महासचिव लगायत दर्जनौँ नेता कार्यकर्तालार्ई पक्राउ पुर्जी जारी गरेर मुल मुलुकलाई द्वन्द्वमा धकेलिरहेको जनाएको छ प्रेस विज्ञप्तिमा भनिएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार