बर्दगोरिया-४ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनियामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) को चुनावी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्पन्न भेला तथा प्रशिक्षणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका साथै अपनाउनु पर्ने चुनावी रणनीतिका बारेमा छलफल भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार भगत बहादुर बडुवालले यतिबेला सिङो देश चुनावी माहोलमा जुटेका बेला सबै गठबन्धनभित्रका नेता कार्यकर्ताले आ-आफ्नो तह र तप्काबाट साझा उम्मेदवारलाई…