बौनिया जेसीजको सप्ताह कार्यक्रम सुरु
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जेसीज सप्ताह सुरु भएको छ। बौनिया जेसीजको आयोजनामा बिहिवारदेखि सप्ताह सुरु भएको हो । सप्ताहको एक कार्यक्रमका बिच बौनिया जेसीजका संस्थापक अध्यक्ष लिला जङ्ग शाहीले उद्घाटन गरेका छ्न । बौनिया जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी कृष्ण प्रसाद ओझाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै संस्थापक अध्यक्ष शाहीले अब यूवाहरुले आफ्नो नेतृत्व र ब्यक्तित्व विकाससँगै समाज परिवर्तनका लागि सकारात्मक कार्य गर्नुपर्ने बताए ।उनले दिनप्रतिदिन बढ्दो लागु औषध दुर्व्यसनीमा फसेका यूवाहरुलाई सकारात्मक कार्य गर्न चेतनामूलक कार्यक्रम गर्नुपर्नेमाजोड दिए । उनले यसअघि नेतृत्वले गरेका काम र गतिविधिलाई निरन्तरता दिदै पूरा गर्न नसकेको विकासका…