तराईमा हुस्सु/कुहिरो र शितलहर

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको छ।

जसले गर्दा आइतबार सुदूरपश्चिम प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु/कुहिरो र शितलहर चलिरहेको जनाएकोे छ।

तराईका धेरै भू–भागहरूमा  बाक्लो  हुस्सु/कुहिरो लागेकाले दैनिक जन जीवन प्रभावित बनेको महाशाखाले जनाएको छ। साथै सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार