सुदुरपश्चिम विशेष

बर्दगोरिया-६ मा हुन लागेको दिया देवारी सांस्कृतिक कार्यक्रमको तयारी पुरा, आज ७ बजे उद्घाटन

बर्दगोरिया-६ मा हुन लागेको दिया देवारी सांस्कृतिक कार्यक्रमको तयारी पुरा, आज ७ बजे उद्घाटन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ जगतपुरमा तिहार तथा छठ पर्बको अवसरमा हुन लागेको दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ को तयारी पुरा भएको छ । भाषा, कला, संस्कृतिके करी सम्मान । भेषभुषा, कला, संस्कृति हमार पहिचान ।। भन्ने मुल नाराका साथ हरेक वर्ष हुँदै आइरहेको उक्त कार्यक्रमको तयारी पुरा भएको आयोज टिमले जानकारी दिएको छ । आयोजकका अनुसार कार्यक्रमको आज साझ ७ औपचारिक रुपमा उद्घाटन हुने भएको छ  । बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि. को आयोजना तथा श्री जनआकृति बाल क्लबको सहकार्यमा कार्यक्रम हुने बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि.का प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिएका छन । कार्यक्रमलाई…
पुरा पढ्नुहाेस्
जनताको विकास र समृद्धिको बाधक प्रतिगमनकारी विरुद्ध अहिलेको चुनावी गठबन्धन हो: साउद

जनताको विकास र समृद्धिको बाधक प्रतिगमनकारी विरुद्ध अहिलेको चुनावी गठबन्धन हो: साउद

बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले जनताको विकास र समृद्धिको बाधक प्रतिगमनकारी विरुद्ध अहिलेको चुनावी गठबन्धन भएको बताएका छ्न । कैलालीको बर्दगोरिया गाउँपालिका ५ मा गठबन्धनले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन । नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमिति सभापति कृष्ण विष्टको सभाध्यक्ष्तामा भएको कार्यक्रममा उनले पछिल्लो समय केही प्रतिगामी तत्वहरु जनताको विकास र समृद्धि मन्चन गरेर नेपाली जनतालाई आश्वासन मात्रै बाढ्ने गरेको हुदा ती सबै कुराको चिरफार गर्न मङ्सिर ४ गते हुने निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार लाई भोट हाल्नुको विकल्प नभएको बताए । निवर्तमान सुदुरपश्चिम प्रदेश…
पुरा पढ्नुहाेस्
आज छठ पर्वको दोस्रो दिन, ‘खरना’

आज छठ पर्वको दोस्रो दिन, ‘खरना’

काठमाडौं । आज छठ पर्वको दोस्रो दिन, खरना गरी मनाइँदै छ ।  छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । आजको दिन व्रतालुहरूले स्नान गरि चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ । शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतालुले  कार्तिक शुक्ल पञ्चमीका दिन शनिबार दिउँसो निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसाद स्वरुप खानेछन् । यसवर्ष तिथिको घटबढले शुक्रबार तृतीया र चौथी दुवै परेको थियो। पर्वको प्रारम्भमा व्रतालुले शुक्रबार ‘नहाय–खाय’ विधि पूरा गरे । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल तृतीयाकै दिन शुक्रबार नै व्रतालुले ‘अरबा–अरबाइन’ गरे…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यी दुई प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ भने  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ ।  प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा आइतबार पनि हल्का वर्षाको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
कैलालीमा जग्गा बेच्दै धान किनेर खाने बढे

कैलालीमा जग्गा बेच्दै धान किनेर खाने बढे

कैलाली । जिल्लाको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ। छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए। छलफलमा भाग लिँदै सामाजिक अभियन्ता भीमराम चपाईँले पहिला धान बेचेर जग्गा किन्थे, अहिले जग्गा बेचेर धान किनेर खाने गर्नाले समस्या भएको बताए। उनले टीकापुरमा सुरुको गुरुयोजना, त्यसपछिको आवधिक योजना हराएको गुनासो गर्दै यहाँ हरेक ठाउँमा आर्थिक अनियमितता भइरहेकाले नागरिकले जीवनस्तर वृद्धि गर्न नसकेको बताए। “जनप्रतिनिधि संयमित हुनुपर्छ, हरेक कार्यमा निगरानी बढाउनुपर्छ”, उनी भन्छन्, “विकासका सवालमा गुरुयोजनाअनुसार काम गरेमा गुणस्तरीय हुन्छ। यहाँ नागरिकले पनि हरेक काममा सवाल गर्न आवश्यक छ।” मानिस अल्छी बन्दै गएकाले भएको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ हुने

बर्दगोरिया-६ मा दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ हुने

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउंपालिका ६ जगतपुरमा तिहार तथा छठ पर्बको अवसरमा दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ हुने भएको छ । भाषा, कला, संस्कृतिके करी सम्मान । भेषभुषा, कला, संस्कृति हमार पहिचान ।। भन्ने मुल नाराका साथ हरेक बर्षझैं आयोजना हुने कार्यक्रम यस बर्ष पनि कार्तिक १३ गते आयोजना हुन लागेको हो । बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि. को आयोजना तथा श्री जनआकृति बाल क्लबको सहकार्यमा कार्यक्रम हुने बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि.का प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिएका छन । कार्यक्रमलाई नेपालकै प्रतिष्ठित कम्पनि चौधरी ग्रुपको सि जी ब्रुअरी प्रा. लि. ले मुख्य प्रायोजकको रुपमा प्रायोजन गरेको छ…
पुरा पढ्नुहाेस्
देशभरको मौसम सामान्यत: सफा रहने मौसम पूर्वानुमान महाशाखा

देशभरको मौसम सामान्यत: सफा रहने मौसम पूर्वानुमान महाशाखा

काठमाडौं । देशमा आज पनि पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार बिहान  देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतः सफा रहेको छ। यस्तै दिउँसो  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै  प्रदेश नं १, बागमती प्रदेश  र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा…
पुरा पढ्नुहाेस्
आज तिहारको मुख्य दिन भाइटिका: टिकाको शुभ साइत ११:३७

आज तिहारको मुख्य दिन भाइटिका: टिकाको शुभ साइत ११:३७

काठमाडौं । आज नेपालीहरुको दोस्रो ठुलो चाडको मुख्य दिन तिहार अर्थात भाई टिका । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया आजकै दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै मनाइन्छ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका…
पुरा पढ्नुहाेस्
नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै प्रमोद मल्ल पुन: नेपाली काङ्ग्रेसमा प्रवेश

नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै प्रमोद मल्ल पुन: नेपाली काङ्ग्रेसमा प्रवेश

बर्दगोरिया । नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँकार्यसमितिको उपसभापति जस्तो जिम्मेवारपुर्ण पद त्यागेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका प्रमोद मल्ल पुनः काङ्ग्रेसमै फर्किएका छ्न । बुधबार कैलालीको बर्दगोरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै मल्ल नागरिक उन्मुक्तिमा प्रवेश गरेको चार महिना नपुग्दै फेरि काङ्ग्रेसमा फर्किएका हुन । मल्ल गत असार २५ गते लम्कीमा आयोजित नागरिक उन्मुक्ति पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस बर्दगोरियाको उपसभापति छोडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए । नागरिक उन्मुक्तिमा रहदा मल्लले मङ्सिर ४ मा हुने चुनावको लागि प्रदेश सभा सदस्यको उम्मेदवारको दावी गर्दै सोहीअनुसारको लविङ गरेका थिए । तर अन्ततः मल्लले टिकट भने पाएन्न । उनले नेपाली काङ्ग्रेसमा हुँदा पनि…
पुरा पढ्नुहाेस्
नेपाल संवतको नयाँ वर्ष र म्हः (आत्म) पूजा आज मनाइँदै

नेपाल संवतको नयाँ वर्ष र म्हः (आत्म) पूजा आज मनाइँदै

काठमाडौं । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गरेका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए। ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरू भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो,’ उनले भने। विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै…
पुरा पढ्नुहाेस्