सुन चाँदीको भाउमा गिरावट

काठमाण्डाै । नेपाली बजारमा पहेलो धातु सुन चाँदीको भाउ आज केही घटेको छ । जस अनुसार आज सुनको भाउ आज तोलामा ४ सय र चाँदीकाे २५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ५ सय रुपैयाँ तोकेको छ ।

हिजो १ लाख ३ हजार ९ सय रुपैयाँ  थियो । यस्तै, चाँदी आज तोलामा १ हजार ३ सय ६५ रुपैयाँ छ । हिजो ताेलाकाे १ हजार ३ सय ९० रुपैयाँ थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार