
कञ्चनपुर । कञ्चनपुरमा आगो आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते भएकी छन । घाइते हुनेमा जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० खल्ला टोलकी अन्दाजी ७० वर्षीया पुतलीदेवी सदाशंकर रहेकी छन । उनीआफ्नै घरमा आगो ताप्ने क्रममा आज दिउँसो जलेर घाइते भएकी हुन्।
आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी घाइते भएकी इलाका प्रहरी कार्यालय झलारीले जनाएको । घाइते उनको कैलाली स्थीत सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।