नेपाली कम्युनिस्ट पार्टी बर्दगोरिया ६ को निर्वाचन पार्टी सम्पर्क कार्यालयको नन्द बहादुर साउँदले गरे उद्घाटन
बौनिया । नेपाली कम्युनिस्ट पार्टी नेकपाले कैलाली क्षेत्र नं २ मा चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको छ । आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टी नेकपाले कैलाली क्षेत्र नं २ मा चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको हो । चुनावी प्रचार प्रसारलाई तीव्रता दिने क्रममा पार्टीले निर्वाचन क्षेत्र का विभिन्न वडा तथा पालिकामा निर्वाचन पार्टी सम्पर्क कार्यालयको समेत उद्घाटन गर्दै आएको छ । सोही अनुसार बिहीबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा निर्वाचन पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरेको । कार्यालयको कैलाली क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर साउँद…


















