नमुना ग्रामीण विद्युत सहकारीको अध्यक्षमा पुनः भिम सिंह जाब्लि निर्वाचित
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित नमुना ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा भिम सिंह जाब्ली पुनः निर्वाचित भएका छन् । सोमबार सम्पन्न साधारण सभाले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो। यसैगरी, सहकारीको उपाध्यक्षमा खुशिलाल चौधरी निर्वाचित भएका छन् भने सचिवमा वीर बहादुर साउद पुनः दोहोरिएका छन्। कोषाध्यक्षमा लालसरा बोगटी निर्विरोध चयन भएकी छन्। साधारण सभाबाट सदस्यहरूमा सुईते साउद, चन्द्र बहादुर दमाई, लालबिरा बोहरा, ठगुवा भुल र केशव बहादुर शाह निर्वाचित भएका छन्। त्यसैगरी लेखा समितिको संयोजकमा मान सिंह साउद चयन हुँदा सदस्यहरूमा बिन्द्रा देवी बिष्ट र मन्माजे साउद चयन…














