
बालबाटिका विद्या मन्दिरले मनायो ११ औं बार्षिक उत्सब तथा अभिभावक दिवस
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको नव बालबाटिका विद्या मन्दिरले आफ्नो ११ औं बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको छ । बिधालयका संस्थापक देव बहादुर मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नास्ट इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक शिबहरी मुडभरी रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा नास्ट इन्जिनियरिङ कलेजका प्राचार्य उपेन्द्र बम र आरएमई स्कुल टिकापुरका प्राचार्य तेजराज खनाल रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिती शिबहरी मुडभरिले बिद्यालयमा शिक्षक, बिद्यार्थी र अभिभावक बिचको सुमधुर सम्बन्धले शिक्षण सिकाई प्रभावकारी हुने बताए । उनले शिक्षाको विकासका लागि सबैको साझा चासो आवस्यक भएको भन्दै गुणस्तरीय शिक्षामा पनि जोड दिए…