थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरियाको दोस्रो सम्मेलन सम्पन्न: अध्यक्षमा लाल बहादुर चौधरी
बर्दगोरिया । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरिया गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । मङ्गलवार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वीपुरमा उक्त दोस्रो सम्मेलन सम्पन्न भएको हो । सम्मेलन बाट लाल बहादुर चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी समेत सर्वसम्मत रूपमा चयन गरेको छ । जसको उपाध्यक्षमा प्रेमा कुमारी चौधरी, भोजराज डगौरा, राजेश चौधरी, कोषाध्यक्षमा उषादेवी कठरिया, सचिवमा राजकुमार चौधरी, सहसचिवमा रिता महत्तो थारु रहेका छन । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरिया गाउँ कमिटी उपाध्यक्ष भोजराज चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको सम्मेलनको प्रमुख अतिथिको रूपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व संविधान सभा सदस्य कृष्ण कुमार चौधरी…


















