
मौसम पूर्वानुमानः देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा धेरै वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार देशभर आंशिकदेखि साधारणता बदली रहने छ। कोसी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू९भागका एक९दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । भोलि आइतबार पनि देशभर आंशिक देखि साधारणता बदली रहने छ। कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका…