राजनीति

नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बोलाएको ओलीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक छलफल हुने जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन्। बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने नेताहरू बताउँछन्। यस्तै आजको बैठकमा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङबाट झन्डै ११ रोपनी जग्गा दानका रूपमा लिएको छ। यसको पार्टीभित्रबाट आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले सचिवालयको बैठक बोलाइएको जनाएको छ।
पुरा पढ्नुहाेस्

नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका नेताहरूको जिम्मेवारी तोकियो

काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको कार्य विभाजन तोकिएको छ ।  प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले मङ्गलवार प्रदेश, जिल्ला, सदन, विभाग, जबस/मोर्चाहरूमा नेताहरूको कार्य विभाजन तोकेका हुन् । प्रदेश इन्चार्ज पोखरेलका अनुसार प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको तीन सदस्य कार्यालय गठन गरेको मातहतका समितिमा परिपत्र पठाइएको छ।  जसमा प्रदेश इन्चार्ज पोखरेल, सह इन्चार्ज बिना मगर र स्थायी समिति सदस्य खगराज भट्ट रहेका छन् । यसै गरी सङ्घीय र प्रादेशिक निर्वाचन क्षेत्रमा नेताहरूको जिम्मेवारी तोकिएको छ । सङ्घीय निर्वाचन क्षेत्र अन्तर्गत कैलाली १ मा तिलकबहादुर परियार, २ मा लालबहादुर सोडारी, ३ मा कृष्णकुमार चौधरी, ४ मा लच्छीराम आचार्य र…
पुरा पढ्नुहाेस्
स्थानीय तह उपनिर्वाचनः रास्वपासहित २५ दल दर्ता

स्थानीय तह उपनिर्वाचनः रास्वपासहित २५ दल दर्ता

काठमाडौँ । आउँदो मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ ओटा दल दर्ता भएका छन । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित २५ दल दर्ता भएका छन् । बमोजिम ती दल मंसिर १६ गते आइतवार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् । निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए । जसअनुसार कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम ४० बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए । संसदको चौथो ठुलो दल…
पुरा पढ्नुहाेस्
आगामी निर्वाचनमा माओवादी केन्द्र एकल प्रतिस्पर्धा गर्ने; अध्यक्ष प्रचण्ड 

आगामी निर्वाचनमा माओवादी केन्द्र एकल प्रतिस्पर्धा गर्ने; अध्यक्ष प्रचण्ड 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने बताएका छ्न । नेकपा माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहको निर्वाचनमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका हुन। यश अघिका निर्वाचनमा गरेको गठबन्धनले पार्टीलाई कुनै फाइदा नभई उल्टै पार्टीको पहिचाननै कमजोर भएर गएको बताए । देशब्यापी रूपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले आफ्नो तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने उनले बताए। उनले प्राकृतिक…
पुरा पढ्नुहाेस्
नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बर्दगोरियाको सम्मेलन सम्पन्न

नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बर्दगोरियाको सम्मेलन सम्पन्न

बौनियाँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जन वर्गीय सङ्गठन नेपाल दलित मुक्ति मोर्चा बर्दगोरिया गाउँ कमिटीको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट दल बहादुर तिरुवाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कमिटी समेत गरेको छ । सम्मेलनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं नेपाल दलित मुक्ति मोर्चा सुदूरपश्चिम प्रदेश फ्याक्स इन्चार्ज ओम प्रकाश पुन रहेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुनले हरेक सामुदायिकका पीडा बोक्ने पार्टी भनेको माओवादी केन्द्र मात्र भएको जिकिर गरे । उनले भने– “विगतलाई निहाल्ने हो भने विगतका दिनमा दलित, जनजाति, महिला लगायत पिछडिएका वर्ग तथा समुदायले आफ्नो आवाज खुलेर राख्ने अवस्था नभएको…
पुरा पढ्नुहाेस्
थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरियाको दोस्रो सम्मेलन सम्पन्न: अध्यक्षमा लाल बहादुर चौधरी

थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरियाको दोस्रो सम्मेलन सम्पन्न: अध्यक्षमा लाल बहादुर चौधरी

बर्दगोरिया । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरिया गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । मङ्गलवार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वीपुरमा उक्त दोस्रो सम्मेलन सम्पन्न भएको हो । सम्मेलन बाट लाल बहादुर चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी समेत सर्वसम्मत रूपमा चयन गरेको छ । जसको उपाध्यक्षमा प्रेमा कुमारी चौधरी, भोजराज डगौरा, राजेश चौधरी, कोषाध्यक्षमा उषादेवी कठरिया, सचिवमा राजकुमार चौधरी, सहसचिवमा रिता महत्तो थारु रहेका छन । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरिया गाउँ कमिटी उपाध्यक्ष भोजराज चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको सम्मेलनको प्रमुख अतिथिको रूपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व संविधान सभा सदस्य  कृष्ण कुमार चौधरी…
पुरा पढ्नुहाेस्
माओवादी केन्द्रले बाढी पहिरोको पीडितलाई सहयोगमा पहल गर्दै

माओवादी केन्द्रले बाढी पहिरोको पीडितलाई सहयोगमा पहल गर्दै

काठमाडौँ, । बाढी पहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्याङ्क सङ्कलन गर्न नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा हिजो साँझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढी पहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हुँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ । बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टी पङ्क्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय समेत गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका…
पुरा पढ्नुहाेस्
नयाँ युगको सुरुवात माओवादीले नै गरेको होः प्रचण्ड

नयाँ युगको सुरुवात माओवादीले नै गरेको होः प्रचण्ड

काठमाडौं, १० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताउनुभएको छ ।अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय उद्घाटन गर्दै उहाँले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादीले गर्ने बताउनुभयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था नेपालमा माओवादीकै कारण स्थापित भएको हो भन्ने ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, संविधानसभाबाट संविधान निर्माण र त्यसमा आम सहमित जुटाएर कार्यान्वयन गर्ने काम मात्र होइन, माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएको…
पुरा पढ्नुहाेस्
स्थानीय तह उपनिर्वाचन : यस्तो छ कार्यतालिका 

स्थानीय तह उपनिर्वाचन : यस्तो छ कार्यतालिका 

काठमाडौँ। निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि  निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। जसअनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने छ । यस्तै सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। यसैगरी उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । सोही दिनको दिउँसो ३ बजेदेखि मंसिर ४ गते बेलुका ५ बजेभित्र मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी नामावली प्रकाशन गरिने  छ । यसैगरी मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो…
पुरा पढ्नुहाेस्
आज संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज तीन संसदीय समितिको बैठक बस्दै छ । सङ्घीय संसद् अन्तर्गत आज बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । सोही समयमा सुरु हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतीबारे छलफल हुनेछ । त्यसै गरी बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल…
पुरा पढ्नुहाेस्