समाचार

विद्यालयकै आवासमा प्रधानाध्यापक मृत फेला

विद्यालयकै आवासमा प्रधानाध्यापक मृत फेला

दार्चुला । दार्चुलामा एक विद्यालयका प्रधानाध्यापक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको व्यास गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामी सोमबार बिहान विद्यालयकै आवासमा मृत भेटिएको प्रहरीले जनाएको छ। दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतका अनुसार धामी बिहान करिब ६ बजेतिर मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे जानकारी पाएपछि स्थानीय प्रहरी चौकीबाट पुगेको टोलीले घटनास्थल सुरक्षित राखेको छ भने जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार मृत फेला पर्नुअघि धामीले सामाजिक सञ्जाल फेसबुकमा मृत्यु सम्बन्धी लामो स्टाटस लेखेको खुलेको छ। उक्त विषयलाई समेत अनुसन्धानको दायरामा राखिएको प्रहरीले जनाएको छ।
पुरा पढ्नुहाेस्
इरानको शान्ति प्रस्तावमा यी हुन् अमेरिकाका पाँच सर्त

इरानको शान्ति प्रस्तावमा यी हुन् अमेरिकाका पाँच सर्त

काठमाडौं । इरानलाई अमेरिकाले पाँचबुँदे सर्तसहित जवाफ पठाएको छ । फेब्रुअरी २८ देखि सुरु युद्ध अन्त्य गर्ने उद्देश्यले इरानले अमेरिकासमक्ष शान्ति प्रस्ताव पठाएको थियो । अमेरिकाले इरानसमक्ष पाँच प्रमुख सर्त राखेको फार्स समाचार एजेन्सीले जनाएको छ । ती सर्तमा इरानले एउटा मात्र परमाणु केन्द्र सञ्चालन गर्न पाउने, अत्यधिक सम्वद्र्धित युरेनियमको मौज्दात अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने, विदेशमा रोक्का राखिएको इरानी सम्पत्तिको २५ प्रतिशत पनि फुकुवा नगरिने, युद्धका क्रममा इरानमा भएको क्षतिको कुनै क्षतिपूर्ति नदिइने र वार्ताको सुरुआतमै सबै मोर्चामा पूर्ण युद्धविराम लागु हुनुपर्ने उल्लेख रहेको जनाइएको छ । इरानको अर्को समाचार एजेन्सी मेहरले भनेको छ, “अमेरिकाले कुनै ठोस छुट नदिई युद्धका क्रममा…
पुरा पढ्नुहाेस्
नेपाल र स्कटल्यान्ड भिड्दै, आजको खेल जित्नै पर्ने दबाबमा नेपाल

नेपाल र स्कटल्यान्ड भिड्दै, आजको खेल जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्यान्डबीचको जारी शृंखलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्यान्ड आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्यान्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो । तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको

मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसै प्रभावका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। त्यस्तै कर्णाली प्रदेशको हिमाली भू-भाग र मधेश प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ भने बाँकी हिमाली, पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। आगामी समयमा कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
दक्षिणी बंगालको खाडीमा एक साताअगाडि नै आयो मनसुन, नेपालमा पनि छिट्टै भित्रँदै ?

दक्षिणी बंगालको खाडीमा एक साताअगाडि नै आयो मनसुन, नेपालमा पनि छिट्टै भित्रँदै ?

दक्षिणी बंगालको खाडीमा एक साताअगाडि नै मनसुन भित्रिएको छ। जसका कारण नेपालमा पनि एक साताअघि नै मनसुन भित्रने सम्भावना देखिएको छ। भारतीय टापु अण्डमान तथा निकोबार क्षेत्रमा एक साताअगाडि नै मनसुन भित्रिएको हो। दक्षिणी बंगालको खाडीमा सामान्यतया २२ मेमा मनसुन भित्रने गर्छ। यसपटक शनिबार नै अर्थात् १६ मेमै भित्रिएको छ। नेपालमा साधारणतया १३ जुनमा मनसुन भित्रने जल तथा मौसम विज्ञान विभागले बताउने गरेको छ। गत वर्ष २९ मे अर्थात् जेठ १५ गते नै भित्रिएको थियो। यो सामान्यतया १५ दिनअगावै हो। मौसमविद् विनोद पोखरेलले यसपटक पनि मे महिनाको अन्तिमसम्म नेपालमा मनसुन भित्रन सक्ने पूर्वानुमान गरेका छन्। यद्यपि मनसुनको विकास र गतिले…
पुरा पढ्नुहाेस्
सरकारको कार्यशैलीमा प्रचण्डको असन्तुष्टि

सरकारको कार्यशैलीमा प्रचण्डको असन्तुष्टि

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । सरकार नसुध्रिए सदन र सडकबाट आन्दोलन गर्न बाध्य हुने उनको भनाइ छ । प्रेस सेन्टर नेपाल सुर्खेतले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले जेनजी आन्दोलन र त्यसपछिको घटनाक्रमले देशको राजनीति असहज दिशातर्फ गएको बताए । निर्वाचन सम्पन्न भई नयाँ सरकार बने पनि राजनीति अझै सही ट्र्याकमा अघि बढ्न नसकेको उनको भनाइ छ । सुकुम्वासी, विद्यार्थी तथा ट्रेड युनियनसम्बन्धी समस्या समाधान नभएको उनको भनाइ छ । “यी विषय अहिले पनि गम्भीर समस्याका रूपमा रहेका छन्,” उनले भने ।” संविधान संशोधनका लागि सरकारले तयार पारिरहेको…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको  सम्भावना

मौसम पूर्वानुमान: चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको  सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरू वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा कोशी प्रदेशको तराई भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको  सम्भावना रहेको छ। मधेस प्रदेश र कोशी प्रदेशका तराई…
पुरा पढ्नुहाेस्
१०० रुपैयाँभन्दा बढीको भन्सार कर; तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश 

१०० रुपैयाँभन्दा बढीको भन्सार कर; तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश 

काठमाडौं । सर्वोच्च अदालतले नेपाल-भारत सीमा नाकाबाट सर्वसाधारणले ल्याउने १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य वस्तुमा भन्सार महसुल लिने सरकारको व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।   शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालयलगायतका निकायको नाममा उक्त अन्तरिम आदेश दिएको हो।   यो आदेशसँगै अब सीमापारिबाट दैनिक गुजाराका लागि ल्याइने तरकारी, खाद्यान्न, औषधि, लत्ताकपडा र विवाह तथा नातागोताका सामग्री ल्याउँदा भन्सारमा हुने रोकावट तत्कालका लागि हटेको छ।       रिटको अन्तिम किनारा नलागेसम्म सरकारले सर्वसाधारणबाट यस्ता दैनिक उपभोग्य सामानमा भन्सार महसुल उठाउन पाउने छैन।   सरकारले राजपत्रमा सूचना…
पुरा पढ्नुहाेस्
कुशलको शतकमा नेपालको अमेरिकामाथि शानदार जित

कुशलको शतकमा नेपालको अमेरिकामाथि शानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो । ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले । उनले १३ चौका र ४ छक्का प्रहार गरे । कुशल र आसिफ शेखले पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । आसिफ ७२ बलमा ५९ रन बनाएर आउट भए । इसान पाण्डे २९ बलमा १६ रन बनाएर नटआउट रहे । बलिङमा मोहम्मद मोहसिनले एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा…
पुरा पढ्नुहाेस्
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।     दुर्घटनामा कृष्णपुर नगरपालिका–१ का सन्दीप खड्काको आज मृत्यु भएको हो । से२त १४१८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा गम्भीर घाइते भएका खड्काको महाकाली प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमबहादुर शाहीले जानकारी दिए ।   त्यसैगरि कृष्णपुर नगरपालिका–४ खल्ला ढैयामा सर्पको टोकाइबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सर्पको टोकाइबाट स्थानीय लिला लामिछाने घाइते भएकी हुन् । उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भइरहेको छ । रासस
पुरा पढ्नुहाेस्