धनगढीको तापक्रम ४१ डिग्री पुग्ने, अन्य ठाउँको माैसम कस्तो रहला ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार सोमबार देशका विभिन्न भागमा मौसमको दुई फरक रूप देखिने भएको छ। एकातिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ‘तातो लहर’ चल्ने सम्भावना छ भने अर्कोतिर देशका धेरैजसो पहाडी, मध्य र पूर्वी भेगमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। दिउँसोको समयमा विशेषगरी पश्चिमी तराईका जिल्लाहरू अत्यधिक गर्मीको चपेटामा पर्नेछन्। दिपायल, धनगढी र नेपालगञ्जमा दिउँसो ‘तातो हावाको लहर’ चल्ने मौसम पूर्वानुमान छ। यी सहरहरूको अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ, जसमध्ये धनगढी र नेपालगञ्जको तापक्रम सबैभन्दा बढी ४१ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ। त्यसैगरी, वीरेन्द्रनगर, घोराही र…
















