मुख्य समाचार

बर्दगोरिया १ मा बन्ने डिप बोरिङको पालिका अध्यक्ष कुँवरले गरे शिलान्यास

बर्दगोरिया १ मा बन्ने डिप बोरिङको पालिका अध्यक्ष कुँवरले गरे शिलान्यास

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर १ मा सिचाई योजनाको लागी डिप बोरिङ्गको शिलान्यास गरिएको छ । आईतवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवर ,वडा अध्यक्ष मिथुन गौतमले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो । महाकाली सिचाई योजनाबाट बिनियोजित करिब ९० लाखको लागतमा सो सिचाइ योजना बन्ने छ । सो बोरिङ बनेपछी त्यस क्षेत्रका जनतालाई सिचाई गर्न सहज हुने छ । शिलान्यास गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सिचाईका लागि बन्ने उक्त बोरिङ्गले यस क्षेत्रका जनतालाई अब उपरान्त आकाशे पानिको भर नपर्नु पर्ने बताउनु भयो । पालिका अध्यक्ष कुँवरले भन्नुभयो ओभर ट्याङ्की सहितको बोरिङ्गले सबैलाई सिचाई गर्न पुग्छ । वडा…
पुरा पढ्नुहाेस्

अत्याधिक गर्मी; बर्दगोरियाका शैक्षिक संस्था ४ दिनका लागि बन्द

बर्दगोरिया । अत्याधिक गर्मी बढेसङ्गै कैलालीको बर्दगोरिया गाउँपालिकाका शैक्षिक संस्था ४ दिनका लागि बन्द रहने भएका छन । पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको गर्मीलाई मध्यनजर गर्दै पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय ४ दिनका लागि बन्द रहने भएका हुन । आज गाउँपालिकाले एक सुचना सार्वजनिक गर्दै हिउदे बिदा बाट कटौती हुने गरि भोलि सोमबार २९ गते देखि ३२ गते सम्मका लागि सम्पुर्ण शैक्षिक संस्था बन्द रहने व्यहोरा जानकारी दिएको हो । शैक्षिक संस्था बन्द रहेपनि दादुरा रुबेला खोप मा भने तोकिएकै शैक्षिक संस्था बाट दिने बताए छ । बाकी सूचना
पुरा पढ्नुहाेस्
कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरा पक्राउ

कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरा पक्राउ

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं. २ मा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाइँ नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयवीर बुढा रहेको प्रहरीले जनाएको छ । बुहारी कविता बुढाको हत्या आरोपमा उनीहरु पक्राउ परेका हुन् । कविताको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो । सोही घटनाको अनुसन्धानका क्रममा उनिहरु पक्राउ परेका प्रहरीले जनाएको छ । घटनाका मुख्य अभियुक्त डिल्लीसिंह बुढालाई नेपाल भारत सिमावर्ती इलाकामा लुकिछिपी बसेका छन् भन्ने सूचनाका आधारमा पक्राउ गरेको हो । प्रहरीका…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी  वायुका साथै बंगालको खाडीको जलबाष्फ युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागका  एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति कोशी, बागमती  र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिममा आज आमहड्ताल, कलकारखाना तथा यातायात पुर्ण रुपमा ठप्प

सुदूरपश्चिममा आज आमहड्ताल, कलकारखाना तथा यातायात पुर्ण रुपमा ठप्प

कैलाली । कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आज (आइतवार ) सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ । स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका अनुसार आजसुदूरपश्चिम पूर्ण रुपमा बन्द रहने छ । यातायात व्यवसायीले, विद्यार्थी संगठनले पनि आमहडताललाई पूर्ण समर्थन गर्दै ऐक्यवद्धता जनाएका छन् । आज बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघसंस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने छन् । संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र जेठ ५ गतेको संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय ६ सय श्ययामा सञ्चालन गर्न…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; तराईमा केही दिन तापक्रम नघट्ने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति पनि देशका पहाडी भू-भागको एक-दुई  स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने महाशाखाले जनाएको छ । जसका कारण त्यहाँ अझै केही दिन…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा सडकको बिचमा भएका विद्युतका पोल सारिदै

बर्दगोरिया-४ मा सडकको बिचमा भएका विद्युतका पोल सारिदै

बर्दगोरिया । सडक स्तरउन्नतिमा अवरोधका रुपमा रहेका विद्युतको पोल सार्ने काम सम्पन्न भएको छ । बर्दगोरिया गाउपालिका वडा नम्बर ४ चमेलिपुर चौक देखि पुरैनाताल हुँदै बछुरिया जोडने सडक खण्डमा पर्ने ३ ओटा विद्युतका पोल सारिएका हुन । वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहिको आग्रहमा पालिका अध्यक्ष कर्ण बहादुर कुँवर र उपाध्यक्ष गणेश राज गिरिको पहलमा विद्युतको पोल सारिएका हुन । पोल विच सडकमा हुदा दुर्घटना हुने जोखिम थियो ,अब सडक चौडाई हुदा जोखिम कम हुने उपाध्यक्ष गिरिले बताए । पोलले गर्दा पानी पिचकोकाममा समेत अवरोध भएको थियो । वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहिले भने सडकमा…
पुरा पढ्नुहाेस्

गरिबी निवारण गर्न बर्दगोरियामा सिलाई कटाई मेसिन बितरण

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाले गरिबी निवारणका लागि कपडा सिलाउने पावदानी मेसिन बितरण गरेको छ । बर्दगोरियाका स्थानिय नागरिकलाई उद्यमशील र स्वरोजगार बनाउने उद्देश्यका साथ लघुउद्यम शाखाबाट सिलाईकटाई तालिम प्राप्त गरेका तालिम कर्ताहरुलाई बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पावदानी-मेसिन बितरण गर्नु भएको हो । अध्यक्ष कुँवरले भने स्थानिय सबै बेरोजगार युवतीहरुलाई स्वरोजगार बनाउन उक्त पावदानी मेसिन बितरण गरेको हु । साथै कार्यक्रममा पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले तालिम पश्चात् पाएका मेसिनको सहि सदुपयोग गर्न महिलाहरुलाई आग्रह गर्नु भयो । नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग तथा अन्य दातृनिकायको अर्थिक सहयोगमा ग्रामीण समुदायको गरीबी निवारणका लागि स्थानीय…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ५ मा तीन महिने आधारभुत सिलाईकटाई तालिम सम्पन्न

बर्दगोरिया ५ मा तीन महिने आधारभुत सिलाईकटाई तालिम सम्पन्न

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका ५ न वडा मा तीन महिने आधारभुत सिलाईकटाई तालिम आज सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका ५न वडाको आयोजना बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.लि को सहकार्यमा २०७९ चैत्र ५ देखि २५ गते सम्म पालिकाको वडा नम्बर ५ मा उक्त तीन माहिने आधारभुत सिलाइ कटाई तालिमको सुरुवात भएको थियोे । समापन कार्यक्रम आज बिहिवार ५ न वडाको भवनको सभाहलमा बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.लिका ब्यवस्थपक सागर चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती बर्दगोरिया वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी रहेका थिए । बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि .का प्रबन्धक हरेन्द्र चौधरीको स्वागत मनतब्य…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति भने कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आगामी केही दिनसम्मको तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने छ ।  तराई भू-भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा 'लू'को सम्भावना यथावत् रहने देखिएकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।
पुरा पढ्नुहाेस्