मुख्य समाचार

लम्की चुहा नगरपालिका-१० ले गर्‍यो सडक मर्मत कार्य शुरु

लम्की चुहा नगरपालिका-१० ले गर्‍यो सडक मर्मत कार्य शुरु

लम्की । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० ले सडक मर्मतको कार्य शुरु गरेको छ । वर्षातको समयमा सडकमा परेका खाल्डाखुल्डी मा ग्राभेल खसाल्दै सडक मर्मतको कार्य शुरु गरेको हो । जस अनुसार सोमबार वडाको सुतैया झाला टोलमा सडकमा परेका खाल्डाखुल्डीमा ग्राभेल झार्दै सडक मर्मतको कार्य गरेको हो । सोही अनुसार वडाका अन्य सडकहरुमा परेका खाल्डाखुल्डी पनि पुर्ने वडा सदस्य सुरेन्द्र बोहराले जानकारी दिए । उनले भने -" वर्षातको समयमा सडकमा पानी जमेर खाल्डाखुल्डी परी सवारीसाधन तथा स्थानीय नागरिक लाई आवतजावतमा निकै कठिनाई हुने गरेको थियो । उक्त सडक मर्मत कार्य प्राविधिक समस्याका कारण तत्काल गर्न नसके पनि आवश्यकता…
पुरा पढ्नुहाेस्
डोटीको पुर्वीचौकीमा कार्यरत एक कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस

डोटीको पुर्वीचौकीमा कार्यरत एक कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस

कैलाली । डोटीको पुर्वीचौकी गाउँपालिकामा कार्यरत कृषिका एक कर्मचारीलाई स्पटीकरण दिन नोटिस नै जारी गरिएको छ। कर्मचारीको आचारसंहिता विरुद्ध रहि पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेको भन्दै नायव प्राविधिक सहायक कृषि करार सेवामा कार्यरत प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण सोधिएको छ। भण्डारी सो पालिकाको वडा नम्बर ६ को कार्यालय गाँजरीमा कार्यरत छन्। उनलाई असोज ६ गते पुर्वीचौकी गाउपालिका–४ को कार्यालय परिसरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएपछि स्पष्टीकरण मागिएको छ। पालिकाले उनलाई कर्मचारीको आचारसंहिता विरुद्ध पार्टीको कार्यक्रममा सहभागी भएको, पालिकाको स्वीकृत बेगर कार्यालयको विरुद्धमा बोलेको, करार कर्मचारीको सम्झौतामा उल्लेख भएको प्रावधान भन्दा बाहिर गई पालिकाको कामकाज बारे बोलेको देखिएकोले सो सम्बन्धमा…
पुरा पढ्नुहाेस्

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नेपालमा भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र बागमती प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। राति देशभर आंशिक देखि सामान्य बदली रही…
पुरा पढ्नुहाेस्
बझाङमा एक फेन्सी पसलमा आगलागी

बझाङमा एक फेन्सी पसलमा आगलागी

कैलाली । बझाङमा एक फेन्सी पसलमा आगलागी हुँदा ५० लाख बराबरको क्षती भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका– १० स्थित चैनपुर बजारमा रहेको कैलास फेन्सी पसलमा आगलागी भएको प्रहरीले जनाएको छ। जयपृथ्वी नगरपालिका–१ का डबलबहादुर खड्काले सञ्चालन गरेको कैलास फेन्सी पसलमा शनिवार राति साढे तीन बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको बताईएको छ । आगलागीबाट पसलभित्र रहेको अन्दाजी ५० लाख मूल्य बराबरको लुगाकपडा जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ। आगलागी भएको स्थानीयले देखेर पसल संन्चालक लाइ खबर गरेर पछि आगो नियन्त्रण लिएको थियो।
पुरा पढ्नुहाेस्
सांस्कृतिक भ्रमणको सिलसिलामा पूर्वराजा ज्ञानेन्द्र शाह भरतपुर

सांस्कृतिक भ्रमणको सिलसिलामा पूर्वराजा ज्ञानेन्द्र शाह भरतपुर

भक्तपुर । सांस्कृतिक भ्रमणको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई चितवनको भरतपुरमा पुगेका छन । सांस्कृतिक भ्रमणका सिलसिलामा उनि आज भक्तपुर पुगेका हुन । उनको स्वागतमा स्थानीय जनताको ठूलै भिड जम्मा भएको थियो । भक्तपुर दरबार स्क्वायरमा पूर्वराजाको प्रतीक्षामा घन्टौं अगाडिदेखि स्थानीयवासी भेला भएका थिए । उनीहरूमध्ये धेरैले हातमा नेपालको झण्डा बोकेका छन् । धेरैले जातीय पहिरन लगाएका छन् । स्थानीयको भिडमा महिला र वृद्धवृद्धाको संख्या ठूलो छ । भिड छिचोल्न सुरक्षाकर्मी र स्वयम्सेवकलाई सकस परेको थियो । स्थानीय जनताले राजसंस्थाको पक्षमा नाराबाजी गरिरहेका थिए । ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा…
पुरा पढ्नुहाेस्
राहत शिक्षकको आन्दोलन आज पनि जारी

राहत शिक्षकको आन्दोलन आज पनि जारी

काठमाडौं । सरकारसँग भएको सहमितमा आफूहरूका माग सम्बोधन नभएको भन्दै राहत शिक्षकले आज पनि आन्दोलन जारी राख्ने भएका छन्। नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनका लागि देशभरबाट आएका राहत शिक्षकले सरकारसँग भएको सहमितमा आफूहरूको माग सम्बोधन नभएको भन्दै आन्दोलन जारी राखेका हुन्। उनीहरूले आन्दोलनलाई आजदेखि थप सशक्त बनाउने बताएका छन्। राहत शिक्षकले शनिबार पनि विरोध प्रदर्शन गरेका थिए। असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको राहत शिक्षकको भनाइ छ। त्यस्तै पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दा सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताएको छ।
पुरा पढ्नुहाेस्
न्यु श्री साहारा बचत तथा ऋण सहकारी संस्था लि.को १० औं वार्षिक साधारणसभा सम्पन्न

न्यु श्री साहारा बचत तथा ऋण सहकारी संस्था लि.को १० औं वार्षिक साधारणसभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको न्यु श्री साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष रुपक सुनार को अध्यक्षतामा उक्त संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरि (लाल्दिप) रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गिरिले संस्था जन्माउनु मात्र ठुलो कुरा नहुने बताए । उनले भने- "संस्थालाई जन्माउनु का साथै संस्थाको पालनपोषण गर्न पनि त्यति नै महत्त्व हुने गर्छ । संस्था लाई जन्म दिदै त्यसको पालनपोषण गरि त्यसबाट हुने नाफाको…
पुरा पढ्नुहाेस्
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज 

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले भदौ २१ गते (आज)का लागि अर्को पेसी तोकेको हो । सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिएको भए पनि यता जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा भने अझै किनारा लाग्न सकेको छैन । यसअघि, निरन्तर सुनुवाइ गरी फैसला दिने भनिए पनि सन्दीपले पेस गरेको पीडित ‘गौशाला २६ (छ)’ को जन्म दर्तासम्बन्धी कागजात नक्कली रहेको पुष्टि भएको…
पुरा पढ्नुहाेस्

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले  हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी  र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम…
पुरा पढ्नुहाेस्

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

 काठमाडौं । बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव आज पनि रहेको छ । सोही प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली भइरहेको छ । बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
पुरा पढ्नुहाेस्