मुख्य समाचार

मौसम क्रमशः रुपमा बाहिरीदै

काठमाडौँ । हाल देशबाट क्रममा रुपमा मौसम बाहिरी रहेको छ । जस अनुसार यस वर्षको मनसुन आइतबारदेखि दिन नेपालको कर्णाली प्रदेशको अधिकांश भू-भाग तथा लुम्बिनी प्रदेशको पश्चिम भू-भागबाट पनि बाहिरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भागबाट भने मनसुन गत असोज १९ गते  नै बाहिरिएको थियो । हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
तुइनको डोरी चुडिँदा कर्णालीमा खसेका पुरूष बेपत्ता

तुइनको डोरी चुडिँदा कर्णालीमा खसेका पुरूष बेपत्ता

सिमकोट । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा  ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुइनबाट खसेर बेपत्ता भएका हुन्। कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका थिए। उनको…
पुरा पढ्नुहाेस्

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालमा हाल बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। यी तीन  प्रदेशका थोरै स्थानहरूमा र मधेस तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पुरा पढ्नुहाेस्
भजनीमा आज बाट वडा स्तरीय फुटबल प्रतियोगिता शुरू

भजनीमा आज बाट वडा स्तरीय फुटबल प्रतियोगिता शुरू

भजनी । कैलालीको भजनी नगरपालिकामा आज शनिबार बाट वडा स्तरीय फुटबल प्रतियोगिता आज देखि शुरू भएको छ । न्यू सनराइज युवा क्लबका अध्यक्ष मुकेश कुमार चौधरीको सभापतित्वमा भएको प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी रहनु भएको थियो । यस्तै विशिष्ट अतिथि भजनी -२ नम्बरका वडा अध्यक्ष दुर्गा पुन, अतिथिमा सुदुरपश्चिम क्लबका संस्थापक अध्यक्ष सुरेश हमाल रहनु भएको थियो । न्यू सनराइज युवा क्लबका सचिव शंकर बिकको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तिहरू, युवा क्लबका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । खेलकुद प्रतियोगिता भजनी नगरपालिका वडा नम्बर -२ को आर्थिक सहयोग…
पुरा पढ्नुहाेस्
बसन्त मुरारी नमूना मा.वि. को शिक्षक अभिभावक संगठनको अध्यक्षमा विश्वकर्मा

बसन्त मुरारी नमूना मा.वि. को शिक्षक अभिभावक संगठनको अध्यक्षमा विश्वकर्मा

बदगोरिया । श्री बसन्त मुरारी नमूना माध्यमिक विद्यालयको शिक्षक अभिभावक संगठनको अध्यक्ष मा लाल सिंह विश्वकर्मा चयन भएका छन । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक कुँवरको अध्यक्षतामा भएको भेलाबाट विश्वकर्मा शिक्षक अभिभावक संगठनको अध्यक्ष चयन भएका हुन । यस्तै सदस्यहरुमा अमर बहादुर बम, झिरकुल नेपाली, पार्वती देवी जैशी, नामसरा सार्की, अमर सिंह भण्डारी, सिता सुनार, कला देवी सदाशंकर, र प्रेम प्रसाद ढुंगाना चयन भएका हुन ।
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान: तीन प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौँ । हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गा.पा. कृषि विकास शाखाले सुरु गर्‍यो आफ्नै भवन बाट सेवा दिन

बर्दगोरिया गा.पा. कृषि विकास शाखाले सुरु गर्‍यो आफ्नै भवन बाट सेवा दिन

बर्दगोरिया । बर्दगोरिया कृषि विकास शाखाले बुधबार बाट आफ्नै भवन बाट सेवा दिन सुचारु गरेको छ । बर्दगोरिया गाउँपालिकाको भवन निर्माण कार्य पुरा भए सङ्गै शाखाले आज बाट पालिकाको आफ्नै निजि भवन बाट सेवा दिन सुचारु गरेको हो । विगत ६ वर्ष देखि पालिकाको आफ्नै भवन नहुदा अरुको घर घरवहाल लिएर कृषकहरुलाई सेवा दिदै आएको कृषि बिकास शाखा अधिकृत झंकर बहादुर रावत बताए । उनले भने- " बर्दगोरिया गाउँपालिकाको आफ्नै भवन नहुदा बाध्यता वस हामीहरू अरुको घर वाहलमा लिई अस्थायी रुपमा स्थानीय कृषकहरुलाई सेवा दिनु परेको थियो । तर अहिले पालिकाको आफ्नै भवन निर्माण कार्य सम्पन्न भएपछि हामीले स्थायी रुपमा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गा.पा. पशुसेवा शाखाले सुरु गर्‍यो आफ्नै भवन बाट सेवा दिन

बर्दगोरिया गा.पा. पशुसेवा शाखाले सुरु गर्‍यो आफ्नै भवन बाट सेवा दिन

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका पशुसेवा शाखाले मंगलबार देखि आफ्नै भवन बाट सेवा दिन सुरु गरेको छ । बर्दगोरिया गाउँपालिकाको नव भवन निर्मित भवनको निर्माण कार्य पुरा भए सङ्गै शाखाले मङलबार बाट आफ्नै निजि भवन बाट सेवा दिन सुरु गरेको हो । विगत ६ वर्ष देखि पालिकाको आफ्नै भवन नहुदा अरुको घर घरवहाल लिएर शाखाले सेवा दिदै आएको पशुसेवा शाखाका प्रमुख जय प्रसाद कोइरालाले बताए । उनले भने- " गाउँपालिकाको आफ्नै भवन नहुदा हामीले अरुको घर वाहलमा लिई अस्थायी रुपमा स्थानीय पशुपालक कृषकहरुलाई सेवा दिनु परेको थियो । तर अहिले पालिकाको आफ्नै भवन निर्माण कार्य सम्पन्न भएपछि हामीले स्थायी रुपमा आफ्नै…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ६ मा नव आगन्तुक वडा सचीवको स्वागत

बर्दगोरिया ६ मा नव आगन्तुक वडा सचीवको स्वागत

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका ६ नम्बर को वडा सचिव पदमा मदन जोशीलाई आएका छन । बर्दगोरिया गाउँपालिकामा एम.आइ.एस. अपरेटर पञ्चिकरण शाखामा कार्यरत जोशी मंगलबार देखि पालिका बाट सरुवा हुँदै वडा सचीव भइ वडा नम्बर ६ मा हाजिर भएका हुन । वडामा मंगलबार देखि औपचारिक रुपमा हाजिर भइ आएका वडा सचीव जोशी लाई वडा कार्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै स्वागत गरेको छ । प्रमुख अतिथिको आसनबाट कार्यक्रम लाई सम्बोधन गर्दै वडा अध्यक्ष डगौराले वडा सचीव र वडा अध्यक्षको सम्बन्ध नङ र मासु जस्तो हुनु पर्ने बताए । वडाको समग्र विकासमा वडा सचीवको प्रमुख भुमिका रहने हुँदा आफ्नो जिम्मेवारी सक्रिय…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा मंगलबार देखि जग्गा नाप नक्साको कार्य सुरु हुँदै

बर्दगोरिया-५ मा मंगलबार देखि जग्गा नाप नक्साको कार्य सुरु हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा मंगलबार देखी भूमिहिनहरुलाई जग्गा दिन जग्गाको नाप नक्सा कार्य सुरु हुने भएको छ । नेपाल सरकारको भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबास गर्दै आएका नेपाली नागरिकलाई जग्गा धनी पुर्जा वितरण गर्ने कार्य अन्तर्गत वडा नम्बर ५ मा भोलि मङगलबार बाट जग्गाको नापनक्साको काम सुरु हुन लागेको वडा अध्यक्ष भोलेराम चौधरीले जानकारी दिए। वडा अध्यक्ष चौधरीका अनुसार उक्त जग्गा नापनक्साको काम भुरुवा गाउँबाट शुरु गरिने भएको छ ।
पुरा पढ्नुहाेस्