मुख्य समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९२ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।…
पुरा पढ्नुहाेस्
बौनिया जेसिजको १३ औं पदहस्तान्तरण तथा पुरस्कार बितरण समारोह सम्पन्न

बौनिया जेसिजको १३ औं पदहस्तान्तरण तथा पुरस्कार बितरण समारोह सम्पन्न

बौनिया । बौनिया जेसीजको १४ औं शाखा अधिवेशन बाट निर्वाचित भिम बहादुर बि क ले पदभार ग्रहण गरेका छन । मंगलबार बौनिया जेसिजको १३ औं पदहस्तान्तरण तथा पुरस्कार बितरण समारोह सम्पन्न भएको हो । बौनिया जेसिज बर्ष २०२५ का अध्यक्ष मिलन ओलिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष रुपक बिष्ट रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा बौनिया जेसिजका संस्थापक अध्यक्ष लिला राज शाही रहनु भएको थियो । बौनिया जेसिज बर्ष २०२५ का उपाध्यक्ष हरेन्द्र चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बौनिया जेसिज बर्ष २०१५ का अध्यक्ष गणेश प्रसाद भट्ट , टिकापुर जेसिजका अध्यक्ष कमल…
पुरा पढ्नुहाेस्
सुनसरीमा ट्रक दुर्घटनाः पाँचजनाको मृत्यु

सुनसरीमा ट्रक दुर्घटनाः पाँचजनाको मृत्यु

विराटनगर । सुनसरीमा मालवाहक ट्रक पल्टँदा पाँचजनाको मृत्यु भएको छ । भोक्राह नरसिंह गाउँपालिका–८, सोनीयाहीमा बिहीबार ९माघ १० बिहान ट्रक दुर्घटना हुँदा पाँच कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङको विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक बिहान साढे ५ बजेतिर अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा मार्बलले किचिएर उनीहरूको मृत्यु भएको सुनसरीका एसपी केशवकुमार थेवेले जानकारी दिए । उनीहरू मार्बलमाथि बसेका थिए । दुर्घटनामा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ, ४५ वर्षीय चन्द्र गुरुङ र २८ वर्षीय निशु गुरुङको मृत्यु भएको हो । उनीहरू…
पुरा पढ्नुहाेस्
आज तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने

आज तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने

नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ। हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
पुरा पढ्नुहाेस्
बौनिया जेसिसको अध्यक्षमा भिम बि.क निर्वाचित

बौनिया जेसिसको अध्यक्षमा भिम बि.क निर्वाचित

बौनिया । बौनिया जेसीजको १४ औं शाखा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट भिम बहादुर बि.क अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसै गरि कार्यकारिणी उपाध्यक्षमा चक्रराज बोहरा  र डम्बर ब बुढा, उपाध्यक्षमा सागर चौधरी , तिलक ढुङ्गाना, चन्द्र प्रसाद देबकोटा र सुन्दर गौतम  निर्वाचित भएका छन् । बौनिया  जेसीजका संस्थापक अध्यक्ष लिलाजंग शाही , पूवअध्यक्षहरु भुवन बम,कृष्ण बिष्ट   लगायतको उपस्थितिमा अधिबेशन शौहार्दपूर्ण वातावरण सम्पन्न भएको हो । अधिवेशन बौनिया जेसीज वर्ष २०२५ का अध्यक्ष मिलनओलिको सभाध्यक्ष तथा बौनिया जेसीजका संस्थापक अध्यक्ष लिलाजंग शाहीको प्रमुख आतिथ्यतामा भएको थियो । अधिवेशनमा निर्वाचन कमिटी सदस्य चक्र बहादुर शाहीको संयोजकत्व तथा निर्वाचन कमिटीका सदस्य कृष्ण प्रसाद ओझाको सदस्यतामा…
पुरा पढ्नुहाेस्
बरदगोरिया बहुउद्देश्यीय सहकारीको २६ औँ वार्षिक तथा चुनावी साधारणसभा सम्पन्न: अध्यक्षमा भट्ट

बरदगोरिया बहुउद्देश्यीय सहकारीको २६ औँ वार्षिक तथा चुनावी साधारणसभा सम्पन्न: अध्यक्षमा भट्ट

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा  नम्बर २ मा हेको बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारण तथा चुनावी सभा आज सम्पन्न भएको छ । चुनावी साारणसभा बाट अध्यक्षमा तेज भट्ट निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा ध्वजबहादुर सुनार सचिवमा कृष्ण भण्डारी कोषाध्यक्षमा उषादेवी देउवा सहित ९ सदस्य कार्यसमिति निर्वाचित भएको छ। संस्थाका अध्यक्ष उमा शङ्कर अवस्थीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व माननीय नन्द बहादुर साउँद (राजेन्द्र) रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका २ नम्बर वडा अध्यक्ष गोविन्द विक रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नन्द बहादुर साउदले संस्थाले राम्रो काम गरेको…
पुरा पढ्नुहाेस्
सहारा घरको १०औँ स्थापना दिवस तथा सेवाकर्मको १२औँ वार्षिकोत्सव सम्पन्न

सहारा घरको १०औँ स्थापना दिवस तथा सेवाकर्मको १२औँ वार्षिकोत्सव सम्पन्न

बौनिया, कैलाली। सहारा घरका नानीहरूले जब “मेरो बाबा सुपरम्यान” गीत गाए, त्यो केवल एउटा प्रस्तुति रहेन—त्यो अभाव, पीडा र नदेखिएको मायाले भरिएको चिच्याइरहेको आवाज बन्यो। सहारा घरको १०औँ स्थापना दिवस तथा सेवाकर्मको १२औँ वार्षिकोत्सवको अवसरमा सोमबार बौनियामा आयोजित कार्यक्रममा गुञ्जिएको यो गीतले नानीहरूको काँपिएको स्वर, बाबाको माया खोज्ने आँखाभरि सपना र अधुरोपनलाई एकैसाथ उजागर गर्‍यो। उपस्थित सबैका मन चिसो आँसुमा डुब्यो। मञ्चमा उभिएर अतिथिहरुको स्वागतको लागि गीत गाइरहेका नानीहरूका लागि ‘सुपरम्यान’ कुनै कल्पनाको पात्र थिएन। उनीहरूका लागि सुपरम्यान भनेको अभावमा पनि साथ दिने, टुटेको आत्मविश्वासलाई थाम्ने र हरेक दिन आशाको हात समातेर अघि बढ्ने अधुरो चाहना थियो। गीतका शब्दसँगै नानीहरूको…
पुरा पढ्नुहाेस्
जेनजी रेड फोर्स लालितपुर जिल्लाको कमाण्ड संबिधान हमालको हातमा

जेनजी रेड फोर्स लालितपुर जिल्लाको कमाण्ड संबिधान हमालको हातमा

ललितपुर । जेनजी रेड फोर्स नेपालको लालितपुर जिल्ला कमाण्डको जिम्मेवारी संबिधान हमालले सम्हालेका छन्। संगठनको निर्णयअनुसार उनलाई लालितपुर कमाण्डको नेतृत्व सुम्पिएको हो। कमाण्ड सम्हालेपछि हमालले युवालाई एकताबद्ध गर्दै संगठनलाई अझ सक्रिय, अनुशासित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले राष्ट्र, समाज र युवाको हक–हितका विषयमा जेनजी रेड फोर्सलाई सशक्त रूपमा अगाडि बढाउने बताए। उनले जेनजी रेड फोर्स नेपालले पुस २७ गर्न लागेको जेनजी जागरण सभामा सम्पुर्ण जेनजी उपस्थितिका लागि पनि आग्रह गरे। हमालको नेतृत्वमा लालितपुर जिल्लामा संगठनको गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
पुरा पढ्नुहाेस्
आजबाट श्रीस्वस्थानी व्रत कथा आरम्भ, यस्तो छ व्रत सुरु गर्ने विधि

आजबाट श्रीस्वस्थानी व्रत कथा आरम्भ, यस्तो छ व्रत सुरु गर्ने विधि

काठमाडौँ। हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु नारीहरूले एक महिना लामो श्रीस्वस्थानी व्रत बस्ने परम्परा रहेको छ । तिथिका आधारमा मनाइने भएकाले यो पर्व प्रत्येक वर्ष फरक–फरक मितिमा पर्छ । यस वर्ष आजबाट आरम्भ भएको श्रीस्वस्थानी व्रत माघ १८ गते पूर्णिमाका दिन समापन हुनेछ । यस अवधिमा व्रत बस्दा वा कथा श्रवण गर्दा सत्य मार्गमा अग्रसर हुने प्रेरणा मिल्ने, धर्मपालन र भक्ति मार्गमा मन केन्द्रित हुने विश्वास गरिन्छ ।   पौराणिक मान्यताअनुसार श्रीस्वस्थानी व्रतको सुरुवात सत्ययुगमा भएको मानिन्छ । हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या र श्रीस्वस्थानी माताको व्रत गरेकी…
पुरा पढ्नुहाेस्
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो। जसमा पेट्रोल प्रतिलिटर ४, डिजेल/मट्टितेलमा ५ र हवाई इन्धनमा ६ रुपैयाँ घटेको हो। खाना पकाउने ग्याँस (एलपी ग्याँस)को मूल्य भने यथावत् राखिएको छ। नयाँ मूल्य सूची अनुसार तेस्रो वर्गमा पेट्रोल प्रतिलिटर १५९ र डिजेल/मट्टितेलमा १३७ रुपैयाँ पर्ने छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने छ।
पुरा पढ्नुहाेस्