ब्रेकिङ न्युज

Featured posts

महिला टी–२० विश्वकप: भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

महिला टी–२० विश्वकप: भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

काठमाडौँ । गए राती सम्पन्न जारी आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १५२ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्र बनाए सफल भएको थियो । त्यस्तै पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । यो जितसँगै अस्ट्रेलिया समूह ए मा लगातार चार जित सहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै यो हारपछि भारतको सेमिफाइनल यात्रा भने सङ्कटमा परेको छ । भारतले ४ खेलमा २ हार र दुई जित हासिल गरेको छ ।…
पुरा पढ्नुहाेस्
दसैँको समयमा मात्रै जुम्लामा बिके १६ करोडका खसीबोका र भेडा

दसैँको समयमा मात्रै जुम्लामा बिके १६ करोडका खसीबोका र भेडा

जुम्ला । जुम्लामा यो वर्षको दसैँको समयमा मात्रै १६ करोड रुपैयाँभन्दा बढीको खसीबोका र भेडाको कारोबार भएको छ। चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँको भेडा, खसी, बोका तथा राँगाभैँसी बिक्री भएको जानकारी दिए। शाखा प्रमुख रावलका अनुसार जिल्लाकै र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ खसीबोका र भेडा बिक्री भएका छन्। यस्तै१५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगाभैँसी खरिद बिक्री भएका छन्, जसमा ४८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ को धार्मिक तथा पर्यटकीय क्षेत्र राम जानकी मन्दिरमा रोपिए ५ सय बढी फलफूलका बिरुवा

बर्दगोरिया-६ को धार्मिक तथा पर्यटकीय क्षेत्र राम जानकी मन्दिरमा रोपिए ५ सय बढी फलफूलका बिरुवा

बर्दगोरिया । "एक घर एक बिरुवा, एक वडा एक बगैँचा"  भन्ने मूल नारा सहित कैलालीको बर्दगोरिय गाउँपालिका वडा नम्बर ६ मा वृक्षारोपण कार्यक्रम गरिएको छ । युवा संगको सझेदारी ताथ सार्वजनिक जग्गामा वृक्षारोपण कार्यक्रम अन्तरगत बुधबार वडाको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध रहेको श्री राम जानकी सेवा सामाज भक्तिनिय आस्थान मन्दिरमा उक्त वृक्षरोपण गरेको हो ।  वृक्षरोपणमा फलफूल (आप, लिच्ची) का बिरुवा रोपेको वडा अध्यक्ष राम कृष्ण डगौरा थारु (रन्जित) ले जानकारी दिए। उनका अनुसार वडा का विभिन्न सार्वजनिक जग्गा रहेको ठाउँमा उक्त फलफूलका बिरुवा हरु रोप्ने कार्यक्रम रहेको छ । जस अनुसार आज श्री राम जानकी सेवा सामाज…
पुरा पढ्नुहाेस्
आज आश्विन शुक्ल षष्ठी : कात्यायनी देवीको पूजा आराधना गरिँदै

आज आश्विन शुक्ल षष्ठी : कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रूपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प ९एक प्रकारको फूल०…
पुरा पढ्नुहाेस्
महिला लघुवित्त लम्की शाखाद्वारा बिमा दाबीको रकम हस्तान्तरण

महिला लघुवित्त लम्की शाखाद्वारा बिमा दाबीको रकम हस्तान्तरण

कैलाली। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लम्की ले बिमा बापतको दाबी रकम हस्तान्तरण गरेको छ । शाखाले मङ्गलवार संस्थाको केन्द्र नम्बर ०३९ की सदस्य परगनी थारुलाई उक्त दाबी रकम हस्तान्तरण गरेको हो । शाखा प्रमुख आयुष न्यौपानेले परगनी थारुको घरमै पुगेर उक्त मृत्यु दाबीको रकम दिएको बताए । शाखा प्रमुख न्यौपानेले भने-"परगनी थारु महिला लघुवित्त वित्तीय संस्थाको सदस्य रहेको र गत २०८१ श्रावण २२ गतेका दिन ६८ वर्षको उमेरमा उनको श्रीमानको मृत्यु भएपछि आज काजक्रिया खर्चको लागि बिमा कम्पनी बाट आएको रु १२ हजार ५ सय दिएका हौँ । हामीले उक्त काजक्रिया खर्च सोही समयमा दिनु पर्ने भए पनि…
पुरा पढ्नुहाेस्
दशैको मौका पारी  अनावश्यक भाडा असुलेको आरोपमा १३ जनालाई पक्राउ 

दशैको मौका पारी  अनावश्यक भाडा असुलेको आरोपमा १३ जनालाई पक्राउ 

काठमाडौँ । दशैको मौका पारी गाउँघर फर्किन खोज्नेहरूसँग तोकिएको भाडा दर विरुद्ध भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले काठमाडौँबाट १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नक्कली टिकट बनाएर यात्रुसँग रकम ठग्ने र निर्धातिर भन्दा धेरै भाडा असुल्नेहरू रहेका छन् । l १३ जनामध्ये काठमाडौँको कोटेश्वरबाट ३ जना र बल्खुबाट ६ जनालाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार बल्खु र कोटेश्वर लगायतका ठाउँबाट १३ जनालाई पक्राउ गरेर कानुनी कारबाहीका लागी सम्बन्धित प्रहरी वृत्तलाई जिम्मा लगाइएको छ ।
पुरा पढ्नुहाेस्
बडादसैँ: सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

बडादसैँ: सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

काठमाडौँ । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनका शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौँबाट बाहिरिएका छन् । दसैँका लागि काठमाडौँ उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय…
पुरा पढ्नुहाेस्
आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६: १६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उनले सुनाए । आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो । आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो । घटस्थापनादेखि आज पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ । नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको…
पुरा पढ्नुहाेस्
स्थानीय तह उपनिर्वाचनः रास्वपासहित २५ दल दर्ता

स्थानीय तह उपनिर्वाचनः रास्वपासहित २५ दल दर्ता

काठमाडौँ । आउँदो मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ ओटा दल दर्ता भएका छन । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित २५ दल दर्ता भएका छन् । बमोजिम ती दल मंसिर १६ गते आइतवार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् । निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए । जसअनुसार कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम ४० बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए । संसदको चौथो ठुलो दल…
पुरा पढ्नुहाेस्
वडा कार्यालयबाट नुन वितरण भएपछि जुम्ला स्थानीयलाई सहज

वडा कार्यालयबाट नुन वितरण भएपछि जुम्ला स्थानीयलाई सहज

जुम्ला । जिल्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि जुम्लाका नागरिकलाई सहज भएको छ । यो सुविधा वडाबाट प्राप्त भएपछि पाँच केजीको नुन खरिद गर्न रु एक हजार खर्चेर सदरमुकाम खलङ्गा पुग्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार यहाँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले यहाँका स्थानीय तहलाई वडाबाट नुन वितरण गर्न वडामा दर्ता भएका घरलगतअनुसार प्रतिव्यक्ति पाँच केजीका दरले आपूर्ति गरको बताए । “यो दसैँमा नुनको अभाव हुने छैन, ” उनले भने । साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख नगेन्द्र थापाले पनि सबै पालिकामा नुन आपूर्ति भएको जानकारी दिँदै सदरमुकाम खलङ्गाको गोदाममा एक हजार एक सय ६०…
पुरा पढ्नुहाेस्