आर्थिक

सुनको मूल्य स्थिर; चाँदी तोलामा १० रुपैयाँले घट्यो

सुनको मूल्य स्थिर; चाँदी तोलामा १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पहेँलो धातु सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पुरा पढ्नुहाेस्
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ बिघा जग्गा

तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ बिघा जग्गा

काठमाडौं । नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ। पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृह मन्त्रालयका प्रवक्ता, सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार आज मन्त्रालयमा प्राप्त रिपोर्टमा अहिलेसम्म तीन हजार एक सय ६१ पीडितसँग गरिएको मिलापत्रमा उक्त तथ्य पुष्टी भएको छ। मिटरब्याजसम्बन्धी कानुन बनेसँगै छानबिन, अनुसन्धान र मिलापत्रको काम तीव्र पारिएको छ। पीडितले साहुसँग रु एक अर्ब आठ करोड ६० लाख ८३ हजार छ सय ९४ माग गरेको देखिएको छ। तर साहुले भने रकम बढाएर रु…
पुरा पढ्नुहाेस्
अर्थतन्त्रमा मन्दी; सरकारले बढाएको न्यूनतम पारिश्रमिक दिन सकिंदैन : परिसंघ

अर्थतन्त्रमा मन्दी; सरकारले बढाएको न्यूनतम पारिश्रमिक दिन सकिंदैन : परिसंघ

१ भदौ, काठमाडौं । सरकारले बिहीबार राजपत्रमा सूचना जारी गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल उद्योग परिसंघले जनाएको छ । जस अनुसार सरकारले बढाए बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक दिन नसकिने परिसंघले प्रतिक्रिया दिदै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो परिसंघका अनुसार, ‘विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको धारणा व्यक्त गरेको छ ।' अर्थतन्त्र मन्दीमा रहेको र उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दो अवस्थामा रहेको परिसंघले उल्लेख गरेको छ । उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको र उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेको दाबी…
पुरा पढ्नुहाेस्

एक वर्षमा १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाण्डाै – आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअुनसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २१ दशमलव २ प्रतिशतले बढेको हो । यस्तै गएकाे आर्थिक वर्ष अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चार लाख ९७ हजार सात सय चार पुगेकाे छ । याे सङ्ख्या ४० दशमलव तीन प्रतिशतले वृद्धि भएकाे हाे । यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीकाे सङ्ख्या भने एक दशमलव आठ प्रतिशतले घटेर दुई लाख ७७ हजार दुई सय ७२ रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।
पुरा पढ्नुहाेस्
मोहन्याल मा.वि.लाई वडा अध्यक्ष बुढाले गरे आर्थिक सहयोग

मोहन्याल मा.वि.लाई वडा अध्यक्ष बुढाले गरे आर्थिक सहयोग

मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ का जनप्रतिनिधिले बुधबार आर्थिक सहयोग गरेका छन । मोहन्याल माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का अध्यक्ष पिरम बुढा रहेका थिए । मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पिरम बुढा सहित कार्यपालिका सदस्य इस्वरी बिष्ट, वडा सदस्य प्रेम राना, हिरालाल बि क र बिस्ना बि क ले वडा नम्बर १ मा रहेको मोहन्याल माध्यामिक विद्यालयलाई नगद सहयोग गरेका हुन । मोहन्याल माध्यामिक विद्यालयमा कार्यरत शिक्षकलाई तलब खान अपुग भएको हुँदा आफुहरुले सहयोग गरेको वडा अध्यक्ष बुढाले बताए । उनले भने- महिनौ…
पुरा पढ्नुहाेस्
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौँ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडा घटेको छ । आयाल निगमले स्वचालित मूल्य प्रणालीअनुसार आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यता यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समेत समायोजन गरेको हो । विभागकाअनुसार घटेको सवारी भाडाअनुसार यात्रुबहाक सवारी साधनको साविकको भाडामा २.१३ प्रतिशतले घटाइएको छ भने मालबहाक सवारीमा पहाडमा २.७८ प्रतिशत र तराईमा ३.०९ प्रतिशतले भाडा घटाइएको छ । करिब ९ वर्षपछि पेट्रोलियम पदार्थमा स्वचालित प्रणालीमा गएको निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ भाडा घटाएको छ।
पुरा पढ्नुहाेस्
आजबाट प्रदेश र स्थानीय तहको खाता बन्द

आजबाट प्रदेश र स्थानीय तहको खाता बन्द

काठमाडौँ । सोमवार आज देखि लागु हुने गरि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन्। प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन। राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेकहरु सोमवार पनि साटिन सक्नेछन्, तर कानुनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न पाइँदैन, सूचनामा भनिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा…
पुरा पढ्नुहाेस्
नेपाली बजारमा सुनचाँदी को मुल्य दिनप्रतिदिन उकालो लाग्दै

नेपाली बजारमा सुनचाँदी को मुल्य दिनप्रतिदिन उकालो लाग्दै

काठमाडौं । नेपाली बजारमा पहेलो धातु सुनको मुल्य यो साता तोलामा १ हजार रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा १ हजार रुपैयाँले सुनको मूल्य बढेको सुनचाँदी महासंघले जनाएको हो । महासंघका अनुसार गत साताको शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा बढेर १ लाख १० हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै, यो साताको शुक्रबार तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ छ । यो साता आइतबार नै सुनको मूल्य बढेको थियो । यस्तै, सोमबार सामान्य घटेको सुनको मूल्य पुनः…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाको १२ औं गाउँसभा सुरु

बर्दगोरिया गाउँपालिकाको १२ औं गाउँसभा सुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको १२ औं गाउँ सभा आज बाट सुरु भएको छ । गाउँसभाको पानसमा दिप प्रज्वलन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गर्नु भएको हो । गाउँसभामा आर्थिक वर्ष ०८०/०८१ निति तथा कार्यक्रम पालिका उपाध्यक्ष गणेश राज गिरिले प्रस्तुत गर्दैछन । गाउँसभा पालिकाको वडा नम्बर १ को सभाहलमा भइरहेको छ ।
पुरा पढ्नुहाेस्

लम्कीचुहा को ११ औँ नगरसभा सुरु; नगर प्रमुख शाही द्वारा निति तथा कार्यक्रम प्रस्तुत

लम्की । कैलालीको लम्कीचुहा नगरपालिकाको ११ औँ नगरसभाको पहिलो बैठक सुरु भएको छ । “समृद्ध नगर, समानुपातिक विकास सुखी नगरवासी, जनउत्तरदायी स्थानीय सरकार” भन्ने मुल नाराका साथ ११ औं नगर सभाको पहिलो वैठक बिहीबार (आज) देखि सुरु भएको हो । नगर सभामा नगर प्रमुख सुशिला शाहीले आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । नगर प्रमुख शाहीले निति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, युवा तथा रोजगारी, स्वास्थ्य तथा मानव सामर्थ्य विकास, कृषि उत्पादन र उत्पादकत्व वृद्धि तथा सहकारी कार्यक्रम, पूर्वाधार निर्माण तथा दिगो विकास, उद्यम, स्वरोजगारी र सहकारिता, सूचना प्रविधि तथा सञ्चार क्षेत्र विकास, मानव संसाधन,…
पुरा पढ्नुहाेस्