नेपाली बजारमा सुनचाँदी को मुल्य दिनप्रतिदिन उकालो लाग्दै

काठमाडौं । नेपाली बजारमा पहेलो धातु सुनको मुल्य यो साता तोलामा १ हजार रुपैयाँले बढेको छ ।

गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा १ हजार रुपैयाँले सुनको मूल्य बढेको सुनचाँदी महासंघले जनाएको हो ।

महासंघका अनुसार गत साताको शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा बढेर १ लाख १० हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै, यो साताको शुक्रबार तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ छ ।

यो साता आइतबार नै सुनको मूल्य बढेको थियो । यस्तै, सोमबार सामान्य घटेको सुनको मूल्य पुनः मंगलबार बढेको थियो । यसैगरी, बुधबार, बिहीबार र शुक्रबार समेत बढेको थियो ।

यस्तै, यो साता चाँदीको मूल्य समेत बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । गत साता प्रतितोला चाँदीको मूल्य १३६० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १३७५ रुपैयाँ कायम भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार