पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौँ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडा घटेको छ । आयाल निगमले स्वचालित मूल्य प्रणालीअनुसार आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यता यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समेत समायोजन गरेको हो ।

विभागकाअनुसार घटेको सवारी भाडाअनुसार यात्रुबहाक सवारी साधनको साविकको भाडामा २.१३ प्रतिशतले घटाइएको छ भने मालबहाक सवारीमा पहाडमा २.७८ प्रतिशत र तराईमा ३.०९ प्रतिशतले भाडा घटाइएको छ ।

करिब ९ वर्षपछि पेट्रोलियम पदार्थमा स्वचालित प्रणालीमा गएको निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ भाडा घटाएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार