मोहन्याल मा.वि.लाई वडा अध्यक्ष बुढाले गरे आर्थिक सहयोग

मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ का जनप्रतिनिधिले बुधबार आर्थिक सहयोग गरेका छन ।

मोहन्याल माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का अध्यक्ष पिरम बुढा रहेका थिए ।

मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पिरम बुढा सहित कार्यपालिका सदस्य इस्वरी बिष्ट, वडा सदस्य प्रेम राना, हिरालाल बि क र बिस्ना बि क ले वडा नम्बर १ मा रहेको मोहन्याल माध्यामिक विद्यालयलाई नगद सहयोग गरेका हुन ।

मोहन्याल माध्यामिक विद्यालयमा कार्यरत शिक्षकलाई तलब खान अपुग भएको हुँदा आफुहरुले सहयोग गरेको वडा अध्यक्ष बुढाले बताए ।

उनले भने- महिनौ सम्म शिक्षण गराएका शिक्षकले तलब नपाउदा सामुदायिक वन र १ नम्बर वडाका जनप्रतिनिधिले सहयोग गर्ने बाचा अनुरुप नगद ५० ह्जार सहयोग गरिएको हो ।

जसमा वडा अध्यक्ष पिरम बुढाले ३४ ह्जार र ४ जना सदस्यहरुले ४ ह्जारका दरले आर्थिक सहयोग गरेका हुन ।

मनकारी वडा अध्यक्ष बुढाले गरेको कार्यप्रती विद्यालय परिवार खुशी भएको छ । विद्यालयले आफै तलब खुवाउन नसकेको अवस्थामा वडा अध्यक्षको पहलमा सामुदायिक वन र जनप्रतिनिधिले गरेको महान कार्यको प्रशन्सा गर्दै विद्यालयका प्रध्यानाध्यापक मान बहादुर पुनले धन्यवाद व्यक्त गरे ।

पालिकाम रहेको शिक्षा समितिको बैठक बस्न नसक्दा केही विद्यालयका शिक्षक कर्मचारीहरुलाई तलब खुवाउन सकिएको छैन उनले भने । आपसी राजनितिक खिचातानी र स्थायी पालिकाको कार्यलय नहुदा समस्या उत्पन्न हुने गरेको वडा अध्यक्ष पिरम बुढाले बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार