नाैलाेप्रेस डेस्क

972 Posts
पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो: ग्यासको मुल्य हाल सम्मकै उच्च

पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो: ग्यासको मुल्य हाल सम्मकै उच्च

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार (भोलि) बिहान १ बजदेखि लागु हुने गरी आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो । आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ । यस्तै निगमले खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । जस अनुसार खाना पकाउने ग्यासको मुल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा एक दिने नि:शुल्क आँखा चेकजाँच तथा रक्तदान कार्यक्रम हुँदै

बर्दगोरियामा एक दिने नि:शुल्क आँखा चेकजाँच तथा रक्तदान कार्यक्रम हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा यहीँ असोज १९ गते नि:शुल्क एक दिने आँखा जाच शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिङ प्रा.लि. को आयोजना यहीँ असोज १९ गते शुक्रबारका दिन एक दिने नि:शुल्क आँखा चेकजाँच तथा रक्तदान कार्यक्रम हुन लागेको हो । गाउँपालिका भित्रका आर्थिक अवस्था कमजोर भइ आँखा चेकजाँच गर्न नसक्ने स्थानीय वासीलाइ सहयोग होस भन्ने उद्देश्यका साथ आफुहरुले एक दिने नि:शुल्क आँखा चेकजाँच शिविरको आयोजना गरेको बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिङ प्रा.लिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले बताए । उनले भने उक्त दिन आँखा चेकजाँच गर्नुका साथै आवश्यकता अनुसार नि:शुल्क औषधि, चस्मा वितरण गरिने…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदै

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज स्वदेश फर्किने भएका छन । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किन लागेका हुन । प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू आज छन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । दाहालले हिजो चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गरेका  थिए । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट हिजो मात्र छन्दु पुगेका थिए । उक्त भ्रमका क्रममा दाहालले चिनियाँ प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मसँग भेटवार्ता गरेका थिए । उनको भ्रमण दलमा छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नाराणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री दाहालका…
पुरा पढ्नुहाेस्
आजदेखि सोह्र श्राद्ध सुरु

आजदेखि सोह्र श्राद्ध सुरु

१३ असोज, काठमाडौं। आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; यसवर्ष मनसुन ढिलो बाहिरिने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष नेपालमा मनसुन केही दिन ढिलो गरि बाहिरिने सम्भावना रहेको भएको छ । महाशाखाले शुक्रबार राति विशेष बुलेटिन जारी गर्दै मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहेतापनि यस वर्षको मनसुन औसत मिति भन्दा केहि दिन ढिलो बाहिरिने सम्भावना देखिएको बताएको छ । हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने सम्भावना देखिएकोले आगामी ३ र ४ दिनसम्म देशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको…
पुरा पढ्नुहाेस्
चाडपर्व लक्षित; सुदूरपश्चिममा सुरक्षा व्यवस्थालाई कडा पारिने

चाडपर्व लक्षित; सुदूरपश्चिममा सुरक्षा व्यवस्थालाई कडा पारिने

कैलाली । चाडपर्व लक्षित सुदूरपश्चिम प्रदेशभित्र सुरक्षा व्यवस्थालाई कडा पारिने भएको छ। नेपाली हरुको महान चाड वडा दशैं, तिहार तथा छठ पर्व लाई लक्ष्यित गर्दै प्रदेशमा सुरक्षा व्यवस्थालाई कडा पारिने भएको छ। चाडपर्वको अवसरमा कुनै पनि प्रकारका सम्भावित आपराधिक घटनाहरु नघटुन भन्दै सुरक्षा व्यवस्था कडा पारिने भएको हो। प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिने गरी तयारी भइरहेको छ। प्रहरीको सङ्ख्या बढाएर सीमा नाका र ग्रामीण बस्तीहरूमा प्रहरी परिचालन गरिने भएको छ। सीमा क्षेत्रबाट हुने तस्करी र ग्रामीण बस्तीमा हुने झगडा तथा सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको समेत सहयोग लिइने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी…
पुरा पढ्नुहाेस्
बर्दगोरिले खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छान्दै

बर्दगोरिले खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छान्दै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले प्रधानाध्यापक छनौट प्रक्रिया अघि बढाएको छ । गाउँ सरकारले १७ वटा सामुदायिक विद्यालयको प्र.अ. पदका लागी भदौ १९ गते सूचना आह्वान गरेको थियो । सो अवधिमा आवेदन दिएकाहरू मध्ये ९ जनालाई छनौट समितिले छनौट गरेको छ । पालिकाभरिका विद्यालयमा हाल सम्म निमित्त प्रधानाध्यापकलाई कामकाज गर्ने गरी जिम्मा दिइएको थियो । तर अब भने बर्दगोरिया गाउँपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७९ तथा नियमावली २०८० को परिच्छेद ८ नियम २८ बमोजिम खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छनौट थालिएको गाउँ सरकारका प्रवक्ता मिथुन गौतमले जानकारी दिए । छनौट भएका प्रधानाध्यापकहरूलाई बुधवार बसेको शिक्षा समितिको बैठकले विद्यालयमा समेत खाइसकेको छ…
पुरा पढ्नुहाेस्
सुन तोलामा १४ सय र चाँदी १५ रुपैयाँ घट्यो

सुन तोलामा १४ सय र चाँदी १५ रुपैयाँ घट्यो

काठमाण्डाै । नेपाली बजारमा पहेलो धातु सुनको मुल्य आज १ हजार ४ सय रुपैयाँले घटेको छ । आज सुनको मुल्य तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको मुल्य तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको भाउ लगातारजसो घटिरहेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
पुरा पढ्नुहाेस्
आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै

आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै

प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै

ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा आएका थिए । प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि रहनेछन् । बुधबार ल्हासामा प्रधानमन्त्री दाहालले विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए । प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् । रासस  
पुरा पढ्नुहाेस्