सुर्खेत आउदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

सुर्खेत । पोखराबाट सुर्खेत आउदै गरेको बस दाङमा दुर्घटना भएको छ । दुर्घटनामा परि १४ जना घाइते भएका छ्न ।

ग. १ ख ८४८५ नम्बरको बस बिहान ५ बजेतिर दुर्घटना भएको हो । बसमा १६ जना यात्रु थिए । तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पूर्व-पश्चिम राजमार्गको बबईसोता पुलको साइडमा सडकदेखि तल बस खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछाप सुनपति गाउँपालिका-३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक निन्द्राले झुलेका कारण दुर्घटना भएको आशंका गरिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार