मौसम पूर्वानुमानः देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तराईका थोरै स्थानहरुमा हल्का हुस्सु

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसअनुसार सोमबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहँदा तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको महाशाखाको भनाइ छ ।

यस्तै दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ ।

यस्तै राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार